२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरीको DIG २२ जनाको लागि ३४ SSP बीच प्रतिस्पर्धा

Logo
प्रकाशित आइतबार, फाल्गुण १८, २०७६

सागर थापा (क्राईमबिट)
बिहीवार साँझ नेपाल प्रहरीमा रिक्त रहेका ३ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सिफारिस भएसँगै प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि दौडधूप शुरू भएको छ ।
बिहीवारको बढुवा सिफारिस समितिको बैठकले डीआईजी तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।
एआईजीको ३ सिटका लागि तारणी लम्साल, सूर्य उपाध्याय, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, प्रद्युम्न कार्की, निरज शाही र विश्वराज पोखरेलसहित ७ जना डीआईजी प्रतिस्पर्धामा थिए तर लम्साल थापा क्षेत्री र पाल एआईजी बढुवामा सिफारिस भएका छन् ।
चर्चामा रहेका महानगरीय प्रहरी कार्यलयका प्रमुख विश्वराज पोखरेल भने हालको बढुवामा एआईजीमा अटाएनन् ।
को–को छन् डीआईजीका प्रतिस्पर्धी ?
२२ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाको लागि ३४ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रतिस्पर्धामा छन् । एसएसपी धनश्याम अर्याल, पुरुषोत्तम कणेल, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशलाल कर्ण, दिलीप चौधरी, देवबहादुर बोहोरा र रामकृपाल शाह ९८ ब्याचका १० जना एसएसपी प्रतिस्पर्धामा छन् । १०१ औं ब्याचका उत्तमराज सुवेदी, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, दिवेश लोहनी, रविन्द्र धानुक बढुवाका दाबेदार छन् ।
२०७५ वैशाखमा एसएसपीमा बढुवा भएका महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापा, प्रदिपकुमार श्रेष्ठ, अरुणकुमार विसी, हरिराज वाग्ले, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला, डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।
प्रहरी नियमावली २०७१ को नियम २७ (१)(ख) अनुसार डीआईजीको बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, आईजीपी सदस्य र आईजीपीले तोकेको एआईजी सदस्य सचिव रहन्छन् । नियम ३० उपनियम (२)(१) अनुसार बढुवाका लागि बस्ने समितिले ज्येष्ठता, कार्यदक्षता, कार्यसम्पादन मूल्यांकनलाई आधार मानेर बढुवा गर्नुपर्छ ।
कार्यसम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठताबापत २०, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवबापत ८, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७.५, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५, विभूषण (मानपदवी, अलंकार तथा पदक) बापत २, बढुवा समितिले दिने ७.५ अंक गरी सबैभन्दा बढी अंक प्राप्त गर्ने व्यक्तिलाई सिफारिस गर्नुपर्ने प्रावधान छ । बढुवा समितिले सिफारिस गरेका उम्मेदवारलाई मन्त्रिपरिषद्को निर्णयले बढुवा गर्छ । लोकान्तरबाट सभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।