३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

निरीक्षक बस्नेतको सक्रियतामा बाईकको टंकीबाट ८ किलो अबैध चाँदी पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

सागर थापा /महेन्द्र सिंह
बाँके फागुन २२ वडा प्रहरीको सक्रियतामा ८ किलो ५ सय ग्राम चाँदी बरामद गरिएको छ। वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरी बहादुर बस्नेत नेतृत्वको टोलीले नेपालगन्जबाट भारतीय नागरिक अलिब सलमानीलाई आज पक्राउ गरेको हो ।
समालीले युपी ३२ जेपी ३८८८ नम्बरको मोटरसाइकलको टंकीमा लुकाएर चाँदी तस्करी गरीरहेको सुचनाका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतले बताए । पक्राउ परेका सलमानीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।
बस्नेतले नेपालगन्जको वडा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले पश्चात् नेपालगन्जमा स्थानीयले शान्ति सुरक्षाको आभास महसुस गर्दै आइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!