१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

सशस्त्र प्रहरीको प्राबिधिक अधिकृत तालिम सम्पन्न AIG केसीबाट

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

सागर थापा
काठमाडौं राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा संचालित सि.सं. २३ प्राविधिक सशस्त्र प्रहरी अधिकृत आधारभूत तालिम सम्पन्न भएको छ ।
सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले बिहिबार उक्त तालिमको समापन गरे । त्यसअवसरमा उनले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गरे ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले त्यसअवसरमा असहज परिस्थितिका बेला समेत कत्तिपनि विचलित नभई कर्तव्य निर्वाह गर्न तल्लिन रहनु पर्ने सुरक्षाकर्मीको पेशागत दायित्व रहेको चर्चा गर्दै कार्यक्षेत्रमा गएपछि आफ्नो जिम्मेवारीलाई पेशागत इमान्दारिताकासाथ पुरा गर्न प्रशिक्षार्थीहरु सक्षम रहने विश्वास व्यक्त गरे । उनले प्रशिक्षार्थीहरुले तालिमको दौरानमा सिकेका ज्ञानलाई कार्यक्षेत्रमा सधैं उपयोग गर्नुपर्ने चर्चा गर्दै यसबाट कार्यसफलतामा सघाउ पुग्ने बताए ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीका लागि सशस्त्र प्रहरी कर्मचारीहरुले सामुहिक भावनाकासाथ ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा परिचालित रहनुपर्ने कुरा समेत उल्लेख गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो तालिममा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा.राहुल श्रेष्ठ सर्वप्रथम भएका छन् भने प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक सफलता भसिमा कवाज प्रथम, प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक मनिष कार्की चाँदमारी प्रथम तथा प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक अशोककुमार यादव सहिष्णुतातर्फ प्रथम भएका छन् ।
करीब तीन महिना अवधिको सो तालिममा चार जना प्राविधिक सशस्त्र प्रहरी निरीक्षक र २१ जना प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षकसहित कूल २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।
सो समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा, प्रशिक्षार्थी अधिकृतहरुका अभिभावक वर्ग लगाएत सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!