३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

कोरोनाका शंकास्पद व्यक्ति उपचारका लागि गएपछि सबै बिरामीले अस्पताल छाडे

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

विश्वमा अहिले कोरोना भाइरसको भय छ। नेपाल लगायत भारतमा पनि यो भारसको निकै त्रास फैलिरहेको छ। भाइरसबारे अपवाह फैलिदा समेत मानिसहरु डराई रहेका छन्। नेपालमा अहिलेसम्म उक्त भाइरसका बिरामी फेला परेका छैन। भारतमा भने ३० जनामा कोरोना भाइरस संक्रमण भएको पुस्टि भएको छ। भाइरसको जोखिमका बीच भारतले राजधानी दिल्लीका सबै प्राथमिक विद्यालयहरु बन्द गरेको छ। भारतभर थप सतर्कता अपनाइएको छ। उक्त घातक भाइरसले भारतमा मानिसहरूलाई कसरी डराइरहेको छ भन्ने कुरा जयपुरमा भएको एउटा घटनाबाट अनुमान गर्न सकिन्छ। त्यहाँ कोरोनाका शंकास्पद बिरामी अस्पताल पुगेपछि अस्पतालनै खाली भएको छ। अस्पतालमा भर्ना भएका बिरामीका बीच जब कोरोना भाइरसका शंकास्पद व्यक्ती जाँच गराउन आएको खबर सनसनी फैलियो त्यसपछि उनीहरु एकपछि अर्कोगर्दै अस्पताल छाडे। यो घटना जयपुरको प्रताप नगरमा रहेको राजस्थान स्वास्थ्य विज्ञान विश्वविद्यालयको (आरयूएचएस)को रहेको बीबीसी हिन्दीले जनाएको छ। कोरोना भाइरसका संदिग्ध ९ जना बिरामी मंगलबार राति अस्पताल भर्ना हुन पुगेका थिए। उनीहरूलाई दोस्रो तलामा रहेको छुट्टै वार्डमा राखिएको छ। उक्त खबर बिस्तारै अस्पताल भर फैलिएपछि बिरामीहरू एक-एक गर्दै त्यहाँबाट जान थाले। अहिले उक्त अस्पतालका सबै वार्डहरु खाली छन्। अस्पतालका कर्मचारीहरु काम गर्न डराइरहेका छन्। यहाँसम्मकी, डाक्टरहरू पनि ती बिरामीहरूको नजिक गएका छैनन्। वार्डका कर्मचारी र नर्स कर्मचारीको भरमा ती बिरामीलाई राखिएको बताइएको छ। भाइरसका संदिग्ध ती बिरामीहरु उपचारका लागि गुहार गर्दै डाक्टरहरुसँग ठूलो स्वरले चिच्याइरहेको छन्, डाक्टरहरूमा भाइरसको डर यति छ कि संदिग्ध बिरामीहरूको आवाज उनीहरूको कानसम्म पुग्न सकेको छैन। उक्त अस्पतालमा ती संदिग्ध व्यक्तीहरु भर्ना हुनु अघिल्लो दिन करिब ५६० मानिस उपचारका लागि अस्पताल पुगेका थिए। तर, कोरोनाका बिरामी भर्ना भएको दिनदेखि एक जना नयाँ बिरामी पनि अस्पतालमा प्रवेश गरेका छैनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!