२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कोरोनाका शंकास्पद व्यक्ति उपचारका लागि गएपछि सबै बिरामीले अस्पताल छाडे

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

विश्वमा अहिले कोरोना भाइरसको भय छ। नेपाल लगायत भारतमा पनि यो भारसको निकै त्रास फैलिरहेको छ। भाइरसबारे अपवाह फैलिदा समेत मानिसहरु डराई रहेका छन्। नेपालमा अहिलेसम्म उक्त भाइरसका बिरामी फेला परेका छैन। भारतमा भने ३० जनामा कोरोना भाइरस संक्रमण भएको पुस्टि भएको छ। भाइरसको जोखिमका बीच भारतले राजधानी दिल्लीका सबै प्राथमिक विद्यालयहरु बन्द गरेको छ। भारतभर थप सतर्कता अपनाइएको छ। उक्त घातक भाइरसले भारतमा मानिसहरूलाई कसरी डराइरहेको छ भन्ने कुरा जयपुरमा भएको एउटा घटनाबाट अनुमान गर्न सकिन्छ। त्यहाँ कोरोनाका शंकास्पद बिरामी अस्पताल पुगेपछि अस्पतालनै खाली भएको छ। अस्पतालमा भर्ना भएका बिरामीका बीच जब कोरोना भाइरसका शंकास्पद व्यक्ती जाँच गराउन आएको खबर सनसनी फैलियो त्यसपछि उनीहरु एकपछि अर्कोगर्दै अस्पताल छाडे। यो घटना जयपुरको प्रताप नगरमा रहेको राजस्थान स्वास्थ्य विज्ञान विश्वविद्यालयको (आरयूएचएस)को रहेको बीबीसी हिन्दीले जनाएको छ। कोरोना भाइरसका संदिग्ध ९ जना बिरामी मंगलबार राति अस्पताल भर्ना हुन पुगेका थिए। उनीहरूलाई दोस्रो तलामा रहेको छुट्टै वार्डमा राखिएको छ। उक्त खबर बिस्तारै अस्पताल भर फैलिएपछि बिरामीहरू एक-एक गर्दै त्यहाँबाट जान थाले। अहिले उक्त अस्पतालका सबै वार्डहरु खाली छन्। अस्पतालका कर्मचारीहरु काम गर्न डराइरहेका छन्। यहाँसम्मकी, डाक्टरहरू पनि ती बिरामीहरूको नजिक गएका छैनन्। वार्डका कर्मचारी र नर्स कर्मचारीको भरमा ती बिरामीलाई राखिएको बताइएको छ। भाइरसका संदिग्ध ती बिरामीहरु उपचारका लागि गुहार गर्दै डाक्टरहरुसँग ठूलो स्वरले चिच्याइरहेको छन्, डाक्टरहरूमा भाइरसको डर यति छ कि संदिग्ध बिरामीहरूको आवाज उनीहरूको कानसम्म पुग्न सकेको छैन। उक्त अस्पतालमा ती संदिग्ध व्यक्तीहरु भर्ना हुनु अघिल्लो दिन करिब ५६० मानिस उपचारका लागि अस्पताल पुगेका थिए। तर, कोरोनाका बिरामी भर्ना भएको दिनदेखि एक जना नयाँ बिरामी पनि अस्पतालमा प्रवेश गरेका छैनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!