३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित भएको छैन: मन्त्री डा खतिवडा

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

नेपाल सरकारले नेपाल कोरोना भाइरसबाट सङ्क्रमित नभएको प्रष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री डा युवराज खतिवडाले कोरोना सङ्क्रणको आशङ्का गरिएका व्यक्तिमा ‘नेगेटिभ’ देखिएको बताउनुभयो । उहाँले मुलुकभित्र कोरोना सङ्क्रमित नभएका अवस्थामा मुलुक बाहिरबाट हुन सक्ने सङ्क्रमण रोक्न अन्य मुलुकबाट आउने यात्रुलाई निगरानीमा राख्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो । “हवाई यात्रुको हकमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ‘स्क्रिनिङ’ गरिएको छ, शङ्कास्पद लागेमा क्वारेन्टाइनमा राखिएको छ”, उहाँले भन्नुभयो, “स्थलमार्गबाट आउने पर्यटकलाई ‘अनअराइभल’ भिसा नदिने निर्णय भइसकेको छ, त्यसका अतिरिक्त विभिन्न छ वटा मुख्य स्थलनाकामा सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइसकेका छौँ । नेपाल-भारतबीच नागरिकको अत्यधिक आवातजावत हुने ३७ नाकामा स्वास्थ्य टोली खटाइएको उहाँले जानकारी दिनुभयो । अन्य नाकामा पनि सरकारले थप व्यवस्था गरेको मन्त्री खतिवडाको भनाइ छ । उपप्रधानमन्त्रीको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको दुई पटक बैठक बसिसकेको जानकारी दिँदै उहाँले समितिले आवश्यक निर्णय गर्दै आएको बताउनुभयो । समितिको आज बसेको बैठकले कोरोना सङ्क्रमण भित्रन नदिन थप सुरक्षा अपनाइने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । “खासगरी औषधिको अभाव हुन नदिनलाई मौज्दात राख्ने, आयात गर्ने, भारतले औषधि निर्यातमा लगाएको प्रतिबन्धको हकमा नेपालका लागि विशेष छुट दिन आग्रह गरिएको छ”, मन्त्री खतिवडाले भन्नुभयो, “अत्यावश्यक वस्तुको आपूर्ति र बजारमा कुनै प्रकारको वस्तुको कृत्रिम अभाव हुन नदिने, अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेका छौँ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]