२७ साउन २०८२, मंगलबार
12-08-2025 , Tue
×

नुवाकोटमा उमेर नपुगी विवाह गरेकी युवतीले गरिन आत्महत्या

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

जिल्लामा ११० औँ नारी दिवसको चर्चा परिचर्चा चलिरहँदा नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा एक महिलाले हिंसा सहन नसकेर आत्महत्या गर्नुपरेको छ। नेपालको ऐनले विवाहको उमेर २० वर्ष तोके तापनि तिनको सत्र वर्षमै विवाह भएको थियो। मनोपरामर्शको सेवा प्रदान गर्ने तथा महिलाका विषयमा वकालत गर्ने सङ्संस्था पनि सो विषयमा अनभिज्ञ रहेको देखिन्छ। धादिङको चरौंदी माइती भएकी सञ्जु खातीको ढुङ्गेमा गत भदौमा परिवारको सरसल्लाहमा मागी विवाह भएको थियो । सञ्जुका श्रीमान् २६ वर्षीय मौसमले विवाह भएको केही महिना नबित्दै उनलाई अनेक शारीरिक तथा मानसिक हिंसा, लाञ्छना, शङ्कालगायत तनाव दिँदै आइरहेको छिमेकी बताउँछन्। सञ्जुका घरमा सधैँजसो झगडा, वादविवादलगायत कलह दिनहुँ भइरहने गथ्र्यो। बुधबार राति करीब ९ बजे खातीका छिमेकीले खोलामा एक्कासि ठूलो आवाजले केही खसेको सुनेर बाहिर निस्किँदा उनका सासूससुरा र देवरानी रुँदै गुहार माग्दै त्रिशूली किनारमा दगुरेको देखेपछि हेर्दा सञ्जु नदीमा हाम्फालेकी रहिछन्। घाइते सञ्जुलाई नदीबाट निकालेर जिल्ला त्रिशूली अस्पताल लाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। प्रहरीले सञ्जुका माइती र आफन्तलाई खबर गरेको र उनीहरु आएपछि मात्र शव परीक्षण गरी आवश्यक अनुसन्धान अगाडि बढाउने जनाएको छ। हाल शव त्रिशूली अस्पतालमा छ। सञ्जु र उनका पति मौसमबीच बुधबार रात श्रीमान्ले चुरोट पिएका विषयमा सामान्य मनमुटाव भएको सासू पविताले जानकारी दिनुभयो। महिला मानवअधिकार रक्षक जिल्ला सञ्चालकका अध्यक्ष अञ्जली पाण्डेले महिला हिंसा रोकथाम गर्न विद्यालयमा नै गएर बालविवाह न्यूनीकरण, महिला हिंसाविरुद्धको अभियान चलाउनुपर्ने बताउनुभयो। पाण्डेका अनुसार बालविवाहले पनि यस्ता घटना भएका हुन् । बालविवाह रोक्न नुवाकोटमा अभियान चलाइए पनि बालविवाह गराउन परिवार नै बढी सक्रिय छन्। अन्तर्पार्टी महिला सञ्जाल नुवाकोटका अध्यक्ष विन्दा ढुङ्गानाले महिला हिंसामा परेका पीडितका लुकेका घटनाले ठूलो रुप लिइरहेको बताउनु भयो। उहाँका अनुसार पीडितले आफ्ना पीडा लुकाएको थाहा भएको छ। आफूलाई परेको पीडा र हिंसा समाजमा खुलेर भन्न नसक्नाले पनि धनजनको क्षति हुने गरेको उहाँले बताउनु भयो। हिंसा रोक्न नयाँ तरिकाको अभियान चाल्नुपर्ने उहाँको सुझाव छ। “सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, महिलाका लागि काम गर्ने सङ्सस्था र सरोकार पक्षको यसमा बढी भूमिका हुनुपर्छ”, उहाँले भन्नुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् । उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग […]

नेपालगन्जको मुख्य बजारमा छाडा सुंगुरको बिगबिगी ठुलो दुर्घटनाको उच्च जोखिम खतरा, बाँके । नेपालगञ्जका मुख्य सडक र चाेकहरुमा छाडा छोडिएका पशु चौपायाको बिगबिगी । सवारीसाधनहरु गुड्ने र मानिस हिंड्ने सडकमा यसरी छाडा छोडिएका पशु चौपायाहरुले हुनसम्म समस्या पारेका छन् । यसैका कारण विशेषगरी सवारीसाधन दुर्घटना भएर जनधनको क्षति हुने प्रवल सम्भावना देखिन्छ । नेपालगञ्ज उपमहानगरपालिका […]

शस्त्र प्रहरी बलले २ जना एसएसपीलाई विभागीय कारबाही गर्‍यो काठमाडौं । कारबाहीमा परेकामध्ये मानव स्रोत शाखामा कार्यरत प्रवीण कँडेल र संयुक्त राष्ट्रसंघको सुडान शान्ति मिसनमा कार्यरत रहँदा यौन हिंसामा संलग्न भएको आरोप लागेका रविन्द्रराज कर्णजित रहेका छन्। सशस्त्र प्रहरी नियमावली २०७२ को दफा १०८ अनुसार कँडेललाई नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिएको आरोपमा कारबाही गरिएको हो। […]

error: Content is protected !!