१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

कपिलवस्तुको हुलाकी मार्ग निर्माणमा रहेको गाडीमा आगजनी

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २३, २०७६

कपिलवस्तु विजयनगर गाउँपालिकाको हुलाकी मार्ग अन्तर्गत लोहोरौलामा निर्माण भइरहेको सडकमा कार्यरत ४ वटा हेवी इक्प्युपमेन्ट र २ जीपमा अज्ञात समूहले गत राती आगजनी गरेका छन् । आगजनीबाट सो सडक निर्माणको जिम्मेवारी पाएको शर्मा एण्ड कम्पनीको २ वटा स्काभेटर, २ वटा ब्याक हु लोडर र २ वटा वोलेरो पीक अप जीप क्षति भएका छन् ।
विजयनगर गाउँपालिका वडा नं. २ लोहरौला स्थित साइट अफिसमा पार्किङ गरी राखिएका एउटा स्काभेटर, २ वटा ब्याक हु लोडर र २ वटा बोलेरो पीक अफ जीप करीब १ बजे आगजनी गरेका हुन् । उनीहरुले साइट अफिसमा रहेका कर्मचारीका कोठाको बाहिरबाट चुक्कुल थुनेर आगजनी गरेको प्रहरीले जनाएको छ ।
यसै गरी शिवराज नगरपालिका-९ तुरुन्तपुरमा निर्माणाधीन सडक किनारमा राखिएको स्काभेटर सोही समयमा आगजी गरिएको गणेशपुर इलाका प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरीक्षक मधु नेपालले बताए ।
आगजनी स्थलमा कारवाही किन ? भन्दै नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तु लेखिएको एक पर्चा भेटिएको प्रहरीले जनाएको छ । भेटिएको पर्चामा काममा गुणस्तर नभएको, शर्मा एण्ड कम्पनीले आफ्नो पार्टीको सुराकी गरेको र काम गर्ने सन्दर्भमा स्थानीयलाई मुआब्जा प्रदान प्रक्रिया पुरा नगरी काम सुरु गरेको जस्ता आरोप लगाइएको छ । घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । आगलागीबाट ६ वटै निर्मान गरेको हो !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । सिद्धार्थनगर–१३ शान्तिनगर र भैरहवा बजार क्षेत्रमा पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको […]

error: Content is protected !!