ABC (क्राईमबिट) बिर्तामोड । झापाको बिर्तामोड ४ पुरानो बिजुली अफिस छेउमा लागुऔषध ब्राउन सुगरसहित अटोचालक पक्राउ परेका छन् । बिर्ताबजारबाट बुट्टावारीतर्फ जाँदै गरेको मे १ ह २९२१ नम्बरको अटोचालक ४० वर्षिय उमेश चौधरी पक्राउ परेका हुन् । उनको साथबाट ४ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । […]
(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा ७ सय रुपैयाँले बढ्दै छापावाला सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार […]
(ABC-Sanchar) धनगढी । कैलालीको टीकापुर-८ का स्थानीय नदी बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्धमा जुटेका छन् । टीकापुर ८ वनगाउँस्थित सत्ती कर्णाली सामुदायिक वनको सिमानामा कर्णाली नदी किनारमा दैनिक दुई सय ५० स्थानीय तटबन्ध कार्यमा जुटेका छन् । स्थानीय नागरिक चार दिनदेखि स्थानीयस्तरमा पाइने झालापाता, बाँस र कट्टामा माटो भरेर नदी नियन्त्रणको प्रयासमा जुटेका हुन् […]
(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने भन्ने निर्णय लिने समय अब मंगलबारसम्म मात्रै बाँकी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले १५ साउनमा प्रमाणीकरण गरेर पठाएको सो विधेयकलाई संवैधानिक मान्यता दिन राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने समय मंगलवारको समयसीमा बाँकी रहेको हो । कुनै पनि विधेयक पुनर्विचार […]
ABC (क्राईमबिट) कर्णाली । लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूरोबाट खटिएको प्रहरीले शनिबार वीरेन्द्रनगर नगरपालिका-९ घिमिरेडाँडाबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर-६ का ३१ वर्षीय भीमबहादुर रोकाया, २५ वर्षीय जीवनकली थापा र वीरेन्द्रनगर-९ का १८ वर्षीय मनिषा घिमिरे रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै […]
(ABC-Sanchar) काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार […]
(ABC-Sanchar) दाङ । अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका(२ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेलको ज्यान गएको हो । सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीका अनुसार पोख्रेल शनिबार साथीहरूसँग पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।
( सुरज मेघनाथ) नेपालगन्ज : खजुरा युवा क्लबको स्थापना दिवसको उपलक्षयमा खजुरा स्थित शुसिल कोइराला क्यान्स्र हस्पितल प्राङ्गणमा वृक्षारोपण तथा बिरामी हरुलाई फलफुल बितरण गरिएको गरिएको छ । खजुरा युवा क्लबले आफ्नो स्थापना […]
(ABC-Sanchar) काठमाडौं l उत्तरी बोत्सवानाको चोबे जिल्लामा विषाक्त पदार्थ मिसिएको मासु खाएका कारण कम्तीमा ५० गिद्ध मरेका छन् । बोत्सवानाको वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले घटनालाई पुष्टि गर्दै यसबारे अनुसन्धान सुरू गरिएको जनाएको छ । विभागका निर्देशक काबेलो सेन्यात्सोले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चोरी सिकार गरी मारिएको जङ्गली भैँसी (अर्ना) को शरीरमा जानीजानी […]
ABC (क्राईमबिट) काठमाडौँ । निहारिका राजपूतको मुद्दामा आरोपीलाई सफाइ दिने धनुषा जिल्ला अदालतका न्यायाधीशमाथि कारबाही हुने भएको छ । निहारिका र प्रतिवादी प्रेम सम्बन्धमा रहेको हुँदा ‘बलात्कार’ नठहर्ने भनी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण ठहर्याउँदै न्यायपरिषद्ले कारबाहीको तयारी गरेको हो । निहारिकाको मुद्दामा जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा फैसला सुनाएको थियो । जिल्ला न्यायाधीश […]