१० मंसिर २०८३, बिहिबार
26-11-2026 , Thu
×

समाचार

उपचारमा खटिएकी नर्समा पनि भेटियो कोरोना संक्रमण

काठमाडौँ नेपालमा कोरोनाको उपचारमा खटिएकी नर्समा पनि (कोभिड–१९) संक्रमण भएको खुलेको छ। वीरगञ्जस्थित कोरोना भाइरसको उपचारमा संलग्न नर्सलाई नै संक्रमण भएको पाइएको हो। बुधबार साँझ पर्साका तीन जना संक्रमित भेटिएका मध्ये एक जना नर्स हुन्। अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत ३६ वर्षीया महिला ती नर्स पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिइन्। यसअघि कपिलवस्तु र भक्तपुरमा […]

बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् । उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताउनुभयो । काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन् । विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र छन् । तीमध्ये चार […]

धादिङ गजुरी गाउँपालिका-५ दरिङ्गल खोलाको पुलबाट अवैध लागूऔषध १०० किलो चरेससहित दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गजुरी गाउँपालिका-८ बिरहखर्क बस्ने ३७ वर्षीय टेक बहादुर तामाङ र सोही गाउँपालिका महादेवखर्क बस्ने ३७ वर्षीय बिशाल तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले बा.९७ […]

कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ । समितिको बुधबार बसेको बैठकले देशभर कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै यही जेठ १ देखि ५ गतेसम्म पूरै जिल्ला सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिए । बैठकले […]

सागर थापा दाङ घोराही १० गलौरा चोकमा रा.५ प ३६८८ नम्बरको मोटरसाइकल र ना.३ च ५९४५ नम्बरको जिप एक-आपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक घोराही-१५ बस्ने ३० वर्षीय सनुत राहुमगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते […]

विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यकर्मी र सङ्क्रमित मानिसहरूले मात्रै मास्क प्रयोग गर्नुपर्ने बताए पनि धेरै देशले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरेका छन्। यद्यपि केही विज्ञहरूले मास्कले कोरोनाभाइरस सङ्क्रमणबाट प्रभावकारी सुरक्षा प्रदान नगर्ने पनि बताइरहेका छन्। बजारमा पाइने विभिन्न प्रकारका मास्कहरू कुनले कति सुरक्षा प्रदान गर्छन् त ?

काठमाडौं कोभिड-१९ को सङ्क्रमण आज २४ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नयाँ २४ जनामा सङ्क्रमण देखिएको हो। योसँगै देशभर सङ्क्रमितको सङ्ख्या २४३ पुगेको छ। यसअघि आज दिउँसोमात्र बाँके र कपिलवस्तुमा दुई जना सङ्क्रमण देखिएको थियो। आज भेटिएकामा रुपन्देहीका १२, कपिलवस्तुका आठ, […]

(एबिसी संचार) नेपालमा थप ५ जनामा कोरोना (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जो सर्लाही धनकौली नगरपालिका ४५ वर्षिय पुरुष, जनकपुर नगरपालिका का ४० वर्षिय पुरुष, मिथिला नगरपालिकाकी २० वर्षिय महिला, महोतरीको जलेश्वर नगरपालिकाका १६ वर्षिय पुरुष र […]

एबिसी संचार काठमाडौं पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ जोखिम बढ्दै गएकाले लकडाउन उल्लङ्घन नगर्न आग्रह गरिएको छ । बुधबार उपत्यकामा मात्रै एकैदिन तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भन्दै थप सतर्कता आवश्यक रहेकाले लकडाउन पूर्णपालना गर्न सबैलाई आग्रह गरिएको हो । लकडाउनको उल्लङ्घन गर्दै जाने हो भने नियन्त्रण गर्न नसक्ने अवस्था सिर्जना हुने भन्दै […]

(महेन्द्र सिंह) बाँकेको कोहलपुरबाट सुत्केरी बोकेर राप्तीसोनारी गाउँपालिका तर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । एम्बुलेन्समा बुधबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट ४ दिने सुत्केरी बोकेर राप्तीसोनारीतर्फ जाँदै गरेको थियो । एम्बुलेन्समा ४ दिने सुत्केरी, बच्चा र अन्य ४ जना बोकेको एम्बुलेन्स कोहलपुर नगरपालिका १२ रोहीणी खोलाको पुलबाट तल खसेको ईलाका प्रहरी कार्यालय […]

error: Content is protected !!