०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

कोहलपुरमा बस र अटोरिक्सा ठोक्किदा एकजनाको मृत्यु तिन जना गम्भिर घाइते

Logo
प्रकाशित बिहिबार, फाल्गुण २९, २०७६

(महेन्द्र सिंह) कोहलपुर नगरबस र अटोरिक्सा एक एक आपसमा ठोक्किदाँ एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी तिन जनाको अवस्था गम्भिर रहेको
छ । नगरबस र अटोरिक्सा एक आपसमा ठोक्किदा अटो चालक बैजनाथ २ मकैवारी बाँकेका ४५ वर्षिय जय बहादुर रोकायको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तथा डिएसपी कुलदिप चन्दले बताउनुभयो । पुर्व पश्चिम राजमार्ग अन्तरगत कोहलपुर बसपार्क नजिक पश्चिमबाट नेपालगञ्ज तर्फ जादै गरेकोे भे १ ख २१२९ नम्वरको नगर बस र कोहलपुर चौराहाबाट बसपार्क तर्फ आर्ईरहेको भे १ ह १६५३ नम्वरको अटोरिक्सा बिहिवार बिहान ८ बजे नगरबस र अटोरिक्सा एक आपसमा ठोक्किएका थिए ।
अटोरिक्सामा सवार जुम्ला तिलाकाडा गाँउपालिका ५ का २४ वर्षिय मदन शाही, बैजनाथ १ चिसापानी बाँकेका २१ वर्षिय सुजन शाही र बैजनाथ ३ बाँकेका ३० वर्षिय जीत बहादुर कामी अवस्था गम्भिर घाईते भएको कोहलपुर प्रहरीले जनाएको छ । उनीहरुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ । नगरबस र अटोरिक्सा दुवै तिव्र गतिका कारण एक आपसमा ठोक्किएको जिल्ला ट्रफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक पविन्द्र बमले बताउनुभयो । अटो व्यवसायी समितिमा आवद्ध अटो चालकहरुले कोहलपुरमा प्रदर्शन गरेको छन् । मृतकका आफन्तहरुले क्षतीपूर्ति माग राख्दै इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् । अटो व्यवसायी, बैजनाथ गाउपालिका अध्यक्ष वडा अध्यक्ष सहित आफन्त र प्रहरी प्रशासन बीच वार्ता भईरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक रण .ब . विस्टले जाकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) बुटवलमा आज बिहान (आइतबार) मर्निङ वाक निस्केकी एक महिला एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ भने दुई महिला घाइते भएका छन् । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सले बुटवल९१३ झोलुङ्गे पुलनजिकै ठक्कर दिँदा बुटवल वडा नं ११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

(ABC-Sanchar) गुल्मी । पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षका युवराज कुँवर घाइते भएका थिए । कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-–१ मक्वादीस्थित रिडी–तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको […]

(सैलेश बम  )                                                                बैतडीमा आज बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको तल्लादेही आइरहेको सुपप्र ०२००१ ज ३८५ नम्बरको […]