१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

कोहलपुरमा बस र अटोरिक्सा ठोक्किदा एकजनाको मृत्यु तिन जना गम्भिर घाइते

Logo
प्रकाशित बिहिबार, फाल्गुण २९, २०७६

(महेन्द्र सिंह) कोहलपुर नगरबस र अटोरिक्सा एक एक आपसमा ठोक्किदाँ एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी तिन जनाको अवस्था गम्भिर रहेको
छ । नगरबस र अटोरिक्सा एक आपसमा ठोक्किदा अटो चालक बैजनाथ २ मकैवारी बाँकेका ४५ वर्षिय जय बहादुर रोकायको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तथा डिएसपी कुलदिप चन्दले बताउनुभयो । पुर्व पश्चिम राजमार्ग अन्तरगत कोहलपुर बसपार्क नजिक पश्चिमबाट नेपालगञ्ज तर्फ जादै गरेकोे भे १ ख २१२९ नम्वरको नगर बस र कोहलपुर चौराहाबाट बसपार्क तर्फ आर्ईरहेको भे १ ह १६५३ नम्वरको अटोरिक्सा बिहिवार बिहान ८ बजे नगरबस र अटोरिक्सा एक आपसमा ठोक्किएका थिए ।
अटोरिक्सामा सवार जुम्ला तिलाकाडा गाँउपालिका ५ का २४ वर्षिय मदन शाही, बैजनाथ १ चिसापानी बाँकेका २१ वर्षिय सुजन शाही र बैजनाथ ३ बाँकेका ३० वर्षिय जीत बहादुर कामी अवस्था गम्भिर घाईते भएको कोहलपुर प्रहरीले जनाएको छ । उनीहरुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ । नगरबस र अटोरिक्सा दुवै तिव्र गतिका कारण एक आपसमा ठोक्किएको जिल्ला ट्रफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक पविन्द्र बमले बताउनुभयो । अटो व्यवसायी समितिमा आवद्ध अटो चालकहरुले कोहलपुरमा प्रदर्शन गरेको छन् । मृतकका आफन्तहरुले क्षतीपूर्ति माग राख्दै इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् । अटो व्यवसायी, बैजनाथ गाउपालिका अध्यक्ष वडा अध्यक्ष सहित आफन्त र प्रहरी प्रशासन बीच वार्ता भईरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक रण .ब . विस्टले जाकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

error: Content is protected !!