१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

आईतबार मेघ गर्जनसहित पानी पर्ने ३ दिनको मौसम पूर्वानुमान

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

आइतबार केही स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण केही स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली रहेको र देशको मध्य र पूर्वी भू–भागमा आंशिक बदली रहेको छ।महाशाखाका अनुसार दिउँसो देशका पश्चिमी भू–भागमा सामान्य बदली रहि बाँँकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू९भागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। यस्तो छ ३ दिनको मौसम पूर्वानुमान दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। चैत्र ०३ गते (सोमबार) दिउँसोः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। रातीः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। चैत्र ०४ गते (मंगलबार) दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। रातीः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले बिहान कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने […]

(एबिसि संचार )                                                                हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको मौसममा आंशिक बदलीदेखि […]

(एबिसि संचार )                                                                    हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि देशभर आंशिक […]