२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

समायोजनको कारण नेपाल प्रहरी डिआइजी नै अलपत्र

Logo
प्रकाशित बुधबार, चैत्र ०५, २०७६

(एबिसी क्राईम ब्युरो)
एक महिनायता नेपाल प्रहरी अस्तव्यस्त छ एकातर्फ समायोजनको गोलचक्कर र अर्काेतर्फ बढुवाको दौडधुप । एआइजीका तीन र डिआइजीका २२ पद रिक्त छन् । एआइजीमा दुई साताअघि नै बढुवा सिफारिस भएपनि प्रधानमन्त्री केपी शर्मा ओली बिरामी हुँदा मन्त्रिपरिषद्ले बढुवाको औपचारिक निर्णय र पदस्थापन हुन सकेको छैन । एसएसपी र एसपीका समेत दर्जनौै पद रिक्त भएकाले प्रहरी अस्तव्यस्त छ ।
एक महिनादेखि पाँच वटा प्रदेश डिआइजी विहिन छन् । प्रदेश नम्बर १, बाग्मती, गण्डकी, ५ र कर्णली प्रदेश निमित्तका भरमा चलेका छन् । जसकारण ती जिल्लामा प्रहरीभित्र समस्या उत्पन्न भइसकेको छ । केन्द्रीय विभागहरु नै अस्तव्यस्त छन् । यस्तो अवस्थामा प्रहरी मुख्यालयमा एक डिआइजी भने बेरोजगार छन् । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीै ब्याची सूर्य उपाध्याय जिम्मेवारीविहिन छन् ।
चार महिनाअघिसम्म उनी विमानस्थल प्रहरी प्रमुख थिए । विमानस्थल प्रहरी कार्यालय महानगरीय प्रहरी कार्यालय अन्र्तगत पर्दछ । महानगरीय प्रहरी कार्यालयमा उनीभन्दा जुनियर विश्वराज पोखरेलको सरुवा भएपछि उपाध्याय त्यहाँबाट बिदा मागेर हिडेका थिए । हालसम्म उनलाई प्रहरी प्रधान कार्यालयमा जिम्मेवारी दिइएको छैन । महानिरीक्षककै सचिवालयमा हाजिर गर्दै आएका छन् ।
एआइजी बढुवामा पनि उनीभन्दा जुनियर ब्याचका शैलेश थापा र हरि पाल बढुवा भए । उनी छुटे । बढुवामा डिआइजीमै पछि परेका उनलाई जिम्मेवारीमा समेत बेवास्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]