२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

सेना र सशस्त्रको नाम बेचेर ८० लाख ठग्ने पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र ०७, २०७६

भद्रपुर कतै नेपाली सेना, कतै सशस्त्र प्रहरी हुँ भनेर पश्चिम दैलेखदेखि पूर्वको इलामसम्मका व्यवसायीको लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१४ बस्ने ४६ वर्षीय प्रदीप भन्ने राजकुमार राउत रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। राउतलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बिहीबार काँकडभिट्टाबाट पक्राउ गरेपछि प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
राउतले आफू नेपाली सेना र सशस्त्र प्रहरीको परिचय दिँदै झापाको चन्द्रगढी, चारआली, धुलाबारी, बिर्तामोड, मोरङको उर्लाबारी, विराटनगर, सुनसरीको धरान, इटहरी, गोर्खा, काभ्रेसम्मका किराना व्यवसायीलाई छुटमा सामान ल्याइदिने आश्वासन दिलाएर लाखौँ रुपैयाँ ठगी गरेको खुलेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए। ‘अहिलेसम्मको सूचना र उजुरीको आधारमा राउतले विभिन्न ८० जना व्यवसायीबाट लाखौँ ठगी गरिसकेको पाएका छौँ,’ उनले भने।’
गत माघ १० गते झापाको चारआलीस्थित सुम्निामा पारुहाङ किराना पसल पुगेका राउतले आफू चारआलीको आर्मी भएको बताउँदै छुटमा रासनका लागि आएको दाल, चिनी, तेल र मटर ल्याइदिने भन्दै सञ्चालक डाकबहादुर राईसँग १ लाख २ हजार लिएका थिए।
ठगी गर्ने राउतले ब्यारेकको १ नम्बर गेटमा गाडी पठाइदिनु भनेपछि सञ्चालक राईले आफ्नो चालकलाई पठाउँदा फोन आफ् भएपछि तत्काल चाराआली प्रहरी चौकीमा उजुरी दिएका थिए। सो घटनापछि झापा प्रहरीले प्रदेश प्रहरीको सहयोगमा राउतको खोजी सुरु गरेको थियो। व्यवसायी आफैँ लोभमा परेका कारण राउतले निरन्तर उनीहरूलाई ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार मोरङ ग्रामथान –५ बस्ने रोहण भेटवाललाई पनि त्यसैगरी ठगी गरिएको छ। उनलाई बाहुनी सशस्त्र बेस क्याम्पका कार्यरत भन्दै १ लाख १० हजार लिएर गायब भएका थिए।
मोरङ केराबारी–७ कमल घिसिङसँग २ लाख ठगी गरेको गरेको पाइएको छ। आफू धरान आर्मी बताउँदै चना ५ बोरा, चिनी ६० बोरा, मटर १० बोरा दाल २० बोरा सेलो र रिफाइन तेल ल्याइदिने भनेपछि २ लाख लिएको घिसिङको भनाइ छ।
त्यस्तै, राउतले अर्का व्यापारी धरानका सञ्जय अग्रवालसँग १ लाख ५९ हजार ५ सय ५०, धनकुटाका ग्याल्जेन शेर्पासँग १ लाख ४० हजार र इलामका रतन अग्रवालसँग २ लाख ८० हजार ठगी गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनलाई म्याद थप गरी अनुसन्धान गर्ने र अरू ठगिएका नागरिकलाई पनि सम्पर्कमा आउन आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!