०९ साउन २०८२, शुक्रबार
25-07-2025 , Fri
×

सशस्त्र प्रहरी बलद्वारा चोरीपैठारीको सामान लत्ताकपडा बरामद

Logo
प्रकाशित आइतबार, चैत्र ०९, २०७६

धनुषाको बिदेह नगरपालिका ९ खदनाबाट शनिबार एपीएफ टोलीले करीब ३ लाख १९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ ।
भारतबाट भन्सार छलि पाँच वटा मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त सामानहरु बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको पाँच वटा मोटरसाइकल समेत बरामद गरेको छ ।
बरामद सामान तथा मोटरसाइकल जनकपुर भन्सार कार्यालय धनुषामा बुझाइएको छ । उक्त मोटरसाइकलहरुको भन्सार दाखिला मूल्य ६ लाख २५ हजार रुपैयाँ रहेको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापाका अनुसार नेपाली नागरिकले भारतीय विमानस्थलमा पासपोर्ट देखाएर भोडाफोन वा एयरटेलजस्ता टेलिकम प्रदायकका काउन्टरबाट सीमकार्ड लिन सक्ने व्यवस्था भएको छ। “भारतले पछिल्लो समय आधिकारिक कागजात देखाएर सीमकार्ड उपलब्ध गराउने नीति ल्याएको छ,” थापाले जानकारी दिँदै भने, “अब नेपाली नागरिकले पासपोर्ट देखाएर सहजै तीन महिनाको […]

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी […]

काठमाडौं । नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गर्नुभएको थियो । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित […]

error: Content is protected !!