बाँके । नेपाल पत्रकार महासंघले उठाएका माग र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले अनुदार व्यवहार देखाएको विरोधमा महासंघले घोषणा गरेको आन्दोलन अन्तर्गत बाँके शाखाको आयोजनामा सोमबार छलफल गरिएको छ।
छलफलमा शाखाका पूर्व अध्यक्ष, सञ्चारसम्बद्ध संघसंगठनका अध्यक्ष एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
छलफलमा बाँके प्रशासनमा *’पत्रकारलाई सामूहिक गिरफ्तार गर’* भन्ने ब्यानरसहित गरिने प्रदर्शनलाई सशक्त र प्रभावकारी बनाउने निर्णय गरिएको छ।
प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारका माग सम्बोधनका लागि सबै सञ्चारकर्मी एकजुट भएर आन्दोलनमा उत्रिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।