दाङ । घोराही नेपाल पत्रकार महासंघको आन्दोलनका कार्यक्रमका बारेमा सञ्चारसम्बद्ध संघ संगठनसँग महासंघ दाङ शाखाले छलफल गरेको छ।
छलफलमा महत्वपूर्ण सुझाव प्रदान गर्नुहुने निवर्तमान केन्द्रीय अध्यक्ष, वर्तमान सचिव सहित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गरिएको छ।
अबको कार्यक्रम मिति ९ गते समय बिहान ११ बजे स्थान जिल्ला प्रशासन कार्यालय अगाडि भेला भई सरकारलाई दबाब दिने ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि सम्पूर्ण सञ्चारकर्मीलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।