२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

दाङमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

दाङमा स्कुटी दुर्घटना हुदा एकजनाकाे ज्यान गएकाे छ । दाङकाे घोराही देखि लमही तर्फ आउदै गरेको रा ३ प ५४३० नम्बरको स्कुटी लमही नगरपालिका वडा नम्बर ६ बेल्दमार स्थित दुर्घटना हुदा घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर निवासी ३६ बर्षिय अमितसिंह धामीकाे मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिनुभयाे ।
उक्त दुर्घटना कति बेला भएको हो भन्ने बारे एकिन नभएको अस्थायी ट्राफिक प्रहरी पोस्ट लमहीका प्रमुख बाबुराम जिसीले बताउनुभयाे । गम्भीर अवस्थामा रहेका धामीलाई लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले बताएको छ । मृतक धामी प्युठानका प्रदेश सभा सदस्य कृष्ण ध्वज खड्काका भान्जा रहेको बुझिएको छ । उनको शबलाई पोस्टमार्टमका लागि लमही अस्पतालमा रखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]