०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

दाङको देउखुरीमा बस दुर्घटना एकको मृत्यु तीनजना घाइते

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

(बिदुर एमसी)
भालुवाङ चैत १० दाङको पूर्वी देउखुरी कालाकाटे नजिकै जुराउने भन्ने ठाउँमा साेमवार बिहान करिव ११: बजेतिर यात्रुबाहक बस दुर्घटना भएको छ ।
सहारा यातायात प्रालिको ना ६ ख ३९६७ नम्बर रहेको साे यात्रुबाहक बस काठमाडौंदेखि दाङका लागि छुटेको थियोे । बस सडक किनारामा दुर्घटना हुँदैगर्दा त्यससँगै नजिकै आइरहेको एउटा माेटरसाइकल झुक्किएर सो बसको पछिल्लो पाङ्ग्रामुनी च्यापिन पुगेको छ । जुन माेटरसाइकल चालक रोल्पाजिल्ला गङ्गादेवी गाउँपालिका वडा नम्बर ४ निवासी वर्ष २४ का रमेश वलीको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरी कार्यालय भालुवाङ्गले जनाएको छ ।
माेटरसाइकलको पछाडि बसेर सवार नाम नखुलेका एकजना र बसमा सवार दुईजना गरि जम्मा ३ जना सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि लमहीतर्फ लगिएको छभने बसका अन्य सबै यात्रुहरु सकुशल रहेकोले उनीहरू अर्को बसबाट आआफ्नो गन्तव्यतिर लागेको जानकारी छ ।
बसका चालक चिरञ्जीवी पौडेल फरार रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.को प्रमुख आतिथ्यतामा यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई “मानव अधिकार सम्बन्धी कानुन कार्यान्वयनमा नेपाल प्रहरीको भूमिका” सम्बन्धी १ दिने अनुशिक्षण तालिम सम्पन्न भएको । साथै उक्त अनुशिक्षण तालिममा यस कार्यालयका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठबाट सहजीकरण भएको थियो ।

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङले घोराही उप-महानगरपालिका वडा नं. १४ स्थित रहेको १९ नम्बर बाहिनीमा सैन्य आधारभुत तालिमरत प्रशिक्षार्थीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङका ट्राफिक प्रमुख निरीक्षक उपेन्द्र बहादुर बमले सवारी दुर्घटना तथा सडक नियम पालना सम्बन्धी जनचेतना मूलक प्रशिक्षण दिनु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ […]

दाङ । घोराही १७ गैरागाउँ टोल विकास संस्थाले सडक वरपर डस्बिन राखेको छ । शनिबार विहान एक कार्यक्रमको आयोजना गरी टोलमा सरसफाई गर्नुका साथै डस्बिन राख्ने काम भएको छ । टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर बुढाको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले सरसफाई […]

error: Content is protected !!