१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

चैत ४ गते कतार बाट नेपाल आएका थप यात्रुको खोजी कार्य तीव्र

Logo
प्रकाशित शुक्रबार, चैत्र २१, २०७६

दोहाबाट कतार एयरवेजको उडान क्यूआर ६५२ बाट चैत ४ गते (मार्च १७) नेपाल आएका तीन व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँंगै प्रहरीले सम्पर्कमा नआएका अन्य यात्रुको खोजी तीव्र पारेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सङ्क्रमित तीनैजना महिला सोही विमानबाट दोहाबाट काठमाडौँ आएको कुरा यसअघि नै पुष्टि भइसकेकाले र त्यसमा सवार १५८ मध्ये १४० जना सम्पर्कमा आएको बताए ।
कतार एयरको ४ गतेको फ्लाइट क्यूआर ६५२ मा सवार बाँकी १७ जनाको खोजी कार्य जारी रहेको छ । “त्यसमा ४८ जिल्लाका नागरिकले यात्रा गरिरहेको तथ्य फेला पारिसकेका छौंँ”, उनले थपे, “सबैलाई सम्पर्कमा आउन आग्रह गरेका छौँ । नआएकाहरूको खोजी हुँदैछ ।’’
त्यस्तै यूएईबाट एयर अरवियाको फ्लाइट जी ९५३७ विमानबाट चैत ६ गते (मार्च १९) काठमाडौँ आएका धादिङका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यसमा सवार १७० मध्ये १३१ जना सम्पर्कमा आएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

कपिलवस्तु । कृष्णानगर-१, शिवानगरमा *श्री देवी विद्या पीठ मा.वि.का विद्यार्थीहरूले आज राजमार्ग बन्द गरेका छन्। स्कूलका विद्यार्थीहरु सडकमा ओर्लिने पछाडि सामान्यतया ३-४ वटा कारण हुन्छन्: शैक्षिक माग शिक्षक अभाव, पुराना भवन, प्रयोगशाला/कम्प्युटर ल्याब नहुनु, छात्रवृत्तिको समस्या राजमार्ग नजिकै स्कूल हुँदा जेब्रा क्रसिङ, स्पिड ब्रेकर, ट्राफिक प्रहरीको माग। बागबजारमा हामीले ट्राफिक सचेतनाको कुरा गर्यौं नि, विद्यार्थीको […]

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

error: Content is protected !!