०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

चैत ४ गते कतार बाट नेपाल आएका थप यात्रुको खोजी कार्य तीव्र

Logo
प्रकाशित शुक्रबार, चैत्र २१, २०७६

दोहाबाट कतार एयरवेजको उडान क्यूआर ६५२ बाट चैत ४ गते (मार्च १७) नेपाल आएका तीन व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँंगै प्रहरीले सम्पर्कमा नआएका अन्य यात्रुको खोजी तीव्र पारेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सङ्क्रमित तीनैजना महिला सोही विमानबाट दोहाबाट काठमाडौँ आएको कुरा यसअघि नै पुष्टि भइसकेकाले र त्यसमा सवार १५८ मध्ये १४० जना सम्पर्कमा आएको बताए ।
कतार एयरको ४ गतेको फ्लाइट क्यूआर ६५२ मा सवार बाँकी १७ जनाको खोजी कार्य जारी रहेको छ । “त्यसमा ४८ जिल्लाका नागरिकले यात्रा गरिरहेको तथ्य फेला पारिसकेका छौंँ”, उनले थपे, “सबैलाई सम्पर्कमा आउन आग्रह गरेका छौँ । नआएकाहरूको खोजी हुँदैछ ।’’
त्यस्तै यूएईबाट एयर अरवियाको फ्लाइट जी ९५३७ विमानबाट चैत ६ गते (मार्च १९) काठमाडौँ आएका धादिङका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यसमा सवार १७० मध्ये १३१ जना सम्पर्कमा आएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]