तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ।
गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।
निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै सडकको ढलान, पिच तथा वाल पहिरोले बगाएर सडकमा यात्रा गर्न अप्ठ्यारो परेको हो।
तानसेन नगरपालिकाको सिफारिसमा विश्व बैंकको ६७ करोड लगानीमा ६ किलोमिटर बढी सडक निर्माण गरिएको थियो।