११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु

Logo
प्रकाशित बुधबार, बैशाख २४, २०७७

सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका-३ चिनालीकी ६ वर्षीया हिमानी रानाको मृत्यु भएको हो। मङ्गलबार बिहान घरमा परेको चट्याङले गम्भीर घाइते रानाको उपचारको क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो। यस्तै चट्याङ लागेर कुमाख गाउँपालिका-३ का वडा सदस्य ३६ वर्षीय अतिराम राना, उहाँकी ३० वर्षीया श्रीमती दीपा राना, ८ वर्षीय छोरा यमराज राना, २६ वर्षीय टेकबहादुर राना र २३ वर्षीय रणसिहं राना घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैको सल्यान अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । टरीगाउँ विमानस्थल पश्चिम नेपालको महत्वपूर्ण हवाई पूर्वाधारमध्ये एक हो। दाङ उपत्यकाको आर्थिक, शैक्षिक, कृषि, पर्यटन तथा प्रशासनिक महत्वलाई हेर्दा टरीगाउँ विमानस्थलको स्तरोन्नति समयको आवश्यकता बनिसकेको छ। हाल करिब ७५० मिटरको धावनमार्ग रहेको यस विमानस्थलमा साना जहाज मात्र सञ्चालन गर्न सकिन्छ। तर धावनमार्गलाई १,५०० मिटरभन्दा बढी विस्तार गरी ७२ सिट क्षमताका जहाज सञ्चालन गर्ने […]

दाङ । सोझा जनतालाई ठग्ने चोर/फटाहा कर्मचारीहरू जनता आउदैछन् ताला लगाउन। मुर्दावाद आर्थिक प्रशासन! मुर्दावाद प्रमुख प्रशासक!!” वडाध्यक्ष अधिकारीले आफैले यस्तो सार्वजनिक गुनासो गर्नु भनेको अवस्था निकै गम्भीर छ भन्ने प्रस्ट हुन्छ। जनताको सबैभन्दा नजिकको सरकार वडा हो। त्यही वडाबाट “जनता ताला लगाउन आउँदैछन्” भन्ने आवाज निस्कियो भने प्रशासनमा ठूलो समस्या छ। सेवा प्रवाहमा ढिलाइ […]

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

error: Content is protected !!