२६ मंसिर २०८२, शुक्रबार
12-12-2025 , Fri
×

सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु

Logo
प्रकाशित बुधबार, बैशाख २४, २०७७

सल्यानमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका-३ चिनालीकी ६ वर्षीया हिमानी रानाको मृत्यु भएको हो। मङ्गलबार बिहान घरमा परेको चट्याङले गम्भीर घाइते रानाको उपचारको क्रममा सल्यान जिल्ला अस्पताल खलंगामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो। यस्तै चट्याङ लागेर कुमाख गाउँपालिका-३ का वडा सदस्य ३६ वर्षीय अतिराम राना, उहाँकी ३० वर्षीया श्रीमती दीपा राना, ८ वर्षीय छोरा यमराज राना, २६ वर्षीय टेकबहादुर राना र २३ वर्षीय रणसिहं राना घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैको सल्यान अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका एक बरिष्ठ सईले डीआईजी गोविन्द थपलियालाई समेत विवादमा तान्ने हर्कतहरु गर्न थालेका छन् । ती बरिष्ठ सई हुन्, गोपाल थापा । दरबन्दी काठमाडौंमा भएका र काजमा कार्यरत थापाले मधेश प्रदेशका आठ वटै जिल्लाका एसपी र डीआईजीबीच नै दूरी बढाउने काम गरेका छन् । काजमा कार्यरत थापालाई प्रदेशबाट सादा […]

बाँके । अछाम जिल्ला ढकारी गाउँपालिका २ फाटाबगर बस्ने डबले सार्कीका छोरा बर्ष ११ का प्रकाश सार्की हाल भारत पुना महाराष्ट्र हडवसर ससाने नगरमा बस्दै आएको बुधबार साँझ 10/12/2025 ६ बजे देखि अचानक बेपत्ता भएका बिहीबार उनको बस्ने रूम नजिकै किड्नी निकालेर मृत अवस्थामा फेला परेका छन्। प्रवासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले आ आफ्नो […]

काठमाडौं । जेनजी आन्दोलन संस्थागतको सम्झौताविरुद्ध सिंहदरबारको गेटमा प्रदर्शन गर्न पुगेका मिराज ढुंगाना र जितेन्द्रकुमार महतोको समूहलाई प्रहरीले पक्राउ गरेको छ। ‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अनामनगर पुर्‍याएर छोडेको हो।

error: Content is protected !!