१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

ईप्रका भालुवाङ्ग प्रहरीले २१५ लिटर अवैध मदिरा नष्ट गर्यो

Logo
प्रकाशित मंगलबार, बैशाख ३०, २०७७

(बिदुर एमसी) दाङ भालुवाङ्ग बैँशाख ३० मङ्गलवार बिहान इलाका प्रहरी कार्यालय भालुवाङ्गले २ सय १५ लिटर अवैध घरेलुु मदिरा नष्ट गरेको छ । केही दिन अघि पूर्वबाट पश्चिमतिर जादै गरेको एउटा मालबाहक ट्रकबाट सो मदिरा गाडी जाँच गर्ने क्रममा फेला परेको इप्रका भालुवाङ्गले जनाएको छ ।जारी लक डाउनका समयमा ड्युटीमा तैनाथ सुरक्षाकर्मिहरुद्वारा उक्त अवैध घरेलुु मदिरा भालुवाङ्गकाे पूर्वपश्चिम राजमार्ग राप्ती पूलनेर सो मदिरा फेला परेको प्रहरीले जनाएको छ । ३ जना महिला र १ जना पुरुष गरि ४ जना मानिसहरुले मालवाहक ट्रकमा लुकाएर यसरी साे मदिरा पश्चिमतर्फ लैजादै थिए । साना ठूला गरि १५ वटा जर्किनमा साे मदिरा लगिदैथियो ।दाङ्ग जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिका वडा न १ का वडाध्यक्ष ताराबहादुर डिसीकाे उपस्थितिमा साे मदिरा नष्ट कार्यक्रममा स्थानीय पत्रकार, समाजसेवी, बुध्दिजीवि र व्यापारीहरुकाे उपस्थिति रहेको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । त्रिशुली बजार, नुवाकोट लगातारको अविरल वर्षाका कारण त्रिशुली बजार जोड्ने मुख्य पुल बाढीले बगाएपछि यहाँको अवस्था भयावह बनेको छ। पुल बग्यो त्रिशुली नदीमा आएको बाढीले बजार र आसपासका गाउँ जोड्ने पक्की/झोलुङ्गे पुल बगाएको छ। आवागमन ठप्प बजार, अस्पताल, बैंक र सरकारी कार्यालय जान आवतजावत पूर्ण रूपमा अवरुद्ध बजार डुबानमा तल्लो क्षेत्रका पसलहरूमा पानी […]

सुर्खेत । उनलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । वीरेन्द्रनगर नगरपालिका-३ का २४ वर्षका समिर थापा माता भन्दै लामो समयदेखि झारफूक गर्दै आएका थिए । उनले केही समय अघि एक महिलालाई गालीगलौज र कुटपिट गरेको भिडियो सार्वजनिक गरेपछि सुर्खेत प्रहरीले साउन १३ गते पक्राउ गरेको थियो । न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई […]

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]