११ भाद्र २०८३, बिहिबार
27-08-2026 , Thu
×

कमानसिंहका पीडा कसले उपचार गरीदेला छोरी खोजीदेला श्रीमती

Logo
प्रकाशित बुधबार, बैशाख ३१, २०७७

(एबिसी संचार)
दाङ बैशाख ३१ राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी मुक्तकमैया सुकुम्बासी टोलका ४६ वर्षिय कमानसिंह नेपालीका जेठी छोरी १० वर्षिय प्रमिला नेपालीको खुट्टामा घहिरो घाउ छ । घाउका कारण घुडामुनीको भाग छालाले मात्र अडिएको छ । घाउ मात्र हो कि क्यान्सर केही पनि थाहा छैन समयमा उपचार नहुने हो भने उनको अवस्था के होला ? सम्पत्तिको नामको उनको सुकुम्बासी टोलमा लालपुर्जा बिनाको घरबास,६ जनाको परिवार,मजदुरी गरि परिवार पाल्दै छन् उनी,श्रीमतीलाई विदेश पठाउछु भनि अार्कै ले गायव बनायो, छोरीको उपचारमा ६ लाख ऋण छ । यो अवस्थामा उनले छोरीको उपचार गराउन सकिरहेका छैनन् । त्यसैले उनको उपचारमा सवै जुटाै । सहयोग गर्न चाहानेले कमानसिंह नेपालीको मो. ९८२२९४३९५३ मा फोन गरेर वा भार्गव विकास बैंक लिमिटेड शाखा कार्यालय लालमटियाको खाता नम्बर ०१००१००००५५४३४०००००१ मा पैसा जम्मा गर्न सक्नु हुने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । नारायणी नदी किनार लगातारको बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर समात्न स्थानीयहरू नारायणी नदी किनारमा पौडी खेल्दै गरेको दृश्य देखिएको छ। माथिल्लो क्षेत्रबाट आएको बाढीसँगै बगेर आएका ग्यास सिलिन्डरहरू नदी किनारका विभिन्न ठाउँमा अड्किएका छन्। महँगो ग्यास भएकाले स्थानीयहरू जोखिम मोलेरै भए पनि नदीमा पौडी खेलेर सिलिन्डर समात्ने प्रयास गरिरहेका छन्। “बजारमा ग्यास पाइँदैन, […]

घोराही । दाङमा पछिल्लो समय कोटाअनुसार मनकामना ग्यासका सिलिन्डर नआएपछि उपभोक्ताले भोग्दै आएको समस्या समाधानका लागि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले मनकामना ग्यासका विक्रेताहरूसँग विशेष छलफल गर्नुभएको छ। दाङमा अन्य ग्यासको तुलनामा मनकामना ग्यासको आपूर्ति कम हुँदै गएपछि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढ्दै गएको अवस्थामा […]

काठमाडौं । त्रिशुली बजार, नुवाकोट लगातारको अविरल वर्षाका कारण त्रिशुली बजार जोड्ने मुख्य पुल बाढीले बगाएपछि यहाँको अवस्था भयावह बनेको छ। पुल बग्यो त्रिशुली नदीमा आएको बाढीले बजार र आसपासका गाउँ जोड्ने पक्की/झोलुङ्गे पुल बगाएको छ। आवागमन ठप्प बजार, अस्पताल, बैंक र सरकारी कार्यालय जान आवतजावत पूर्ण रूपमा अवरुद्ध बजार डुबानमा तल्लो क्षेत्रका पसलहरूमा पानी […]