०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

लकडाउनमा औषधी बोक्ने ट्रकमा १८ लाख बराबरको ५० बोरा गुटखा पक्राउ

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७

एबिसी संचार
सिराहको लाहान जादै गरेको एउटा ट्रकबाट पशुपतीनगरे प्रहरीले ५० बोरा गुटखा बरामद गरेको छ ।
लकडाउनको बेलामा “औषधी ढुवानी” लेखिएको ट्रकमा १८ लाख बराबरको ५० बोरा गुटखा बरामद भएको हो । लकडाउनको बेलामा अत्यावश्यक सेवाको ढुवानी संचालनमा सरकारले नियन्त्रण भन्दा पनि प्रोत्साहन गरेको छ ।
तर औषधी ढुवानीको नाममा लागु औषध बोकेर अत्यावश्यक बस्तुको ओसार पसारलाई समेत शंकाको दायरामा ल्याउने काम भएको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका इञ्चार्ज प्रहरी निरीक्षक अरुणकुमार कुस्वाहाको टोलीले ना ३ ख ४७८५ नम्बरको मालबाहक कन्टेनरबाट करिब ९ लाख रुपैयाँ बराबरको ५० बोरा गुट्खा पराग, करिब ९ लाख रुपैयाँ बढीको १७ बोरा रजनी गन्धा गुट्खा बरामद गरेको जानकारी दिनु भयो ।
पशुपति ट्रान्सपोर्टले काठमाडौंबाट सिरहाको लहान, सप्तरीको राजबिराजका लागि पठाएको सो कन्टेनरबाट केहमीमात्रामा औषधिजन्य वस्तु मात्रै रहेको तर, बढी चकलेट, मोबाईल सहित इलेक्ट्रोनिक्स सामग्रीहरु फेला पारेको थियो ।
प्रहरी निरीक्षक कुशवाहाका अनुसार बरामद गरिएको सुर्तीजन्य वस्तुसहित सवारी साधनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर नपठाएको छ ।
पछिल्लो समय खाद्यान्न ढुवानी, औषधि ढुवानी, दूग्धजन्य ढुवानीको ब्यानर राखेर कानून विपरितका कार्यहरु गरेको प्रहरीले फेला पार्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!