०६ कार्तिक २०८३, बिहिबार
22-10-2026 , Thu
×

लकडाउनको ६७ औं दिन जनजीवन थप कष्टकर बन्दै

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

काठमाडौं शुक्रबार लकडाउनको ६७ दिन पुगेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देखि लकडाउन जारी गरेको छ। जेठ २० गते मंगलबार मध्यरात सम्मका लागि लकडाउनको अवधि तोकिएको छ। लामो समय सम्म लकडाउन भएपछि जनजीवन भने प्रभावित भएको छ। लकडाउनका कारण कामठमाडौं उपत्यका भित्रका मुख्य सडकमा अत्यावस्यक ढुवानी तथा सेवाका सवारी साधन, स्वास्थ्यकर्मी, सञ्चारकर्मीका सवारीसाधन चलेका छन्। पछिल्लो केही दिन यता संक्रमितको संख्या बढ्दै गएपछि सुरक्षाकर्मीले सवारीसाधन सञ्चालनमा कडाई गरेको छ। प्रहरीले अत्यावस्यक सेवा र सवारी पास नलिई सवारी चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गर्ने गरेको छ। मुख्य सडकमा मानिसहरुको आवागमन पनि न्यून देखिन्छ। उपत्यकाका भित्रि सडक क्षेत्रमा रहेका खाद्य सामग्री तथा तरकारीका पसलहरु खुलेका छन्। मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर अत्यावस्यक खाद्य सामग्री खरिद गरेको देखिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको प्रेस ब्रिफिङ अनुसार नेपालमा कुल १ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ। जसमध्ये १ सय ८७ जना निको भएका छन भने ५ जनाको मृत्यु भएको छ। यस्तै कुल ६० हजार ९ सय १६ जनाको पीसीआर परिक्षण भएको छ। कुल ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेका छन भने ८ सय ५० जना आइसोलेसनमा रहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]