१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

लकडाउन मात्रै समस्याको समाधान नभएको भन्दै विकल्पबारे सोच्न सरकारको ध्यानाकर्षण

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

एबिसी संचार
काठमाडौँ सरकारले निजी क्षेत्रसँग लकडाउनको मोडालिटिबारे सुझाव लिएको छ ।
संघसंस्थासहित व्यवसायीसँग मङ्गलवार भएको छलफलमा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक रहेका उपप्रधान एवं तथा रक्षा मन्त्री पोखरेलले निजी क्षेत्रबाट आएका सुझावका आधारमा आगामी मन्त्रिपरिषद्ले लकडाउनको मोडालिटी तय गर्ने भन्दै उनीहरूबाट सुझाव लिएका हुन् ।
छलफलमा व्यवसायीको तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल यातायात व्यवसायी महासङ्घ, तयारी पोसाक, निर्माण व्यवसायी महासंघलगायत क्षेत्रका प्रतिनिधि उपस्थित थिए भने सरकारका तर्फबाट उपप्रधानमन्त्री पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट सहभागी थिए ।
निजी क्षेत्रका प्रतिनिधिहरूले लकडाउन मात्रै समस्याको समाधान नभएको भन्दै विकल्पबारे सोच्न सरकारको ध्यानाकर्षण गराएका थिए । जवाफमा उपप्रधानमन्त्री पोखरेलले आफ्ना सुझाव लिखितरुपमा सम्बन्धित मन्त्रालयमा दिन र सोका आधारमा लकडाउनको मोडालिटी बनाउने बताएका थिए ।
लकडाउनको मोडालिटिबारे आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने विशेष बैठकमा थप निर्णय हुन सक्ने प्रशासन स्रोतले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!