११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

लकडाउन मात्रै समस्याको समाधान नभएको भन्दै विकल्पबारे सोच्न सरकारको ध्यानाकर्षण

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

एबिसी संचार
काठमाडौँ सरकारले निजी क्षेत्रसँग लकडाउनको मोडालिटिबारे सुझाव लिएको छ ।
संघसंस्थासहित व्यवसायीसँग मङ्गलवार भएको छलफलमा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक रहेका उपप्रधान एवं तथा रक्षा मन्त्री पोखरेलले निजी क्षेत्रबाट आएका सुझावका आधारमा आगामी मन्त्रिपरिषद्ले लकडाउनको मोडालिटी तय गर्ने भन्दै उनीहरूबाट सुझाव लिएका हुन् ।
छलफलमा व्यवसायीको तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल यातायात व्यवसायी महासङ्घ, तयारी पोसाक, निर्माण व्यवसायी महासंघलगायत क्षेत्रका प्रतिनिधि उपस्थित थिए भने सरकारका तर्फबाट उपप्रधानमन्त्री पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट सहभागी थिए ।
निजी क्षेत्रका प्रतिनिधिहरूले लकडाउन मात्रै समस्याको समाधान नभएको भन्दै विकल्पबारे सोच्न सरकारको ध्यानाकर्षण गराएका थिए । जवाफमा उपप्रधानमन्त्री पोखरेलले आफ्ना सुझाव लिखितरुपमा सम्बन्धित मन्त्रालयमा दिन र सोका आधारमा लकडाउनको मोडालिटी बनाउने बताएका थिए ।
लकडाउनको मोडालिटिबारे आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने विशेष बैठकमा थप निर्णय हुन सक्ने प्रशासन स्रोतले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!