२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

दाङको मसोट खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

सागर थापा
दाङमा बुधबार ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ घोराही देखि लमही तर्फ जादै गरेको भारतीय नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी ट्रक चालक इन्डियाका बलदेब सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिएका छन् । लमही घोराही सडकखण्ड अन्तर्गत मुसोट घुम्ती बाट खोलामा खसेर दुर्घटना भएको हो ।
ट्रक सडक बाट कम्तिमा ३ सय मिटर तल मुसोट खोलामा खसेको थियो । दुर्घटनामा परेको ट्रकले एउटा मोटरसाइकललाई समेत ठक्कर दिएको र मोटरसाइकल चालक समेत घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेको नाम ठेगाना खुलेको छैन । त्यस्तै ट्रकका सहचालक पनि सम्पर्कमा नआएको दुर्घटना बेलुका तिर भएको दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]