२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

दाङको भालुवाङमा ट्रकको ठक्करबाट एकजना फलफूल व्यापारीको मृत्यु

Logo
Abc Sanchar प्रकाशित मंगलबार, साउन १५, २०८१

 

दाङ । मंगलबार विहान ७:४५ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गईरहेको सु. प. प्र ००१ ख २७७९ नम्बरको ट्रकले लमही- भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूल पसल गर्दै आएका अन्दाजी ५० वर्षिय लोकप्रसाद भट्टराईलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक अमर बहादुर माझीले जानकारी दिएका छन् ।

मृतकका आफन्तले दोषीलाई कारवाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग राखि अहिले पुर्व-पश्चिम राजमार्ग बन्द गरेका छन् । अहिले भालुवाङको तनावग्रस्त रहेको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!