२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतको उत्तरखन्ड राज्यको केदारनाथ नजिकै चार नेपाली पहिरोमा परेर मजदुरहरुको मृत्यु

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, भाद्र ०७, २०८१

 

काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो।

मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे भारी वर्षाका कारण फाटा हेलिप्याड नजिकै पर्ने खाट गडेरे नजिक चारजना पहिरोमा पुरिएको सूचना प्राप्त भएको थियो,’ जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले भने।

सूचना पाएलगत्तै राहत र उद्धार कार्यका लागि उद्धार टोली घटनास्थलमा पठाइएको थियो। डोलियादेवी सडक अवरुद्ध हुँदा एसडीआरएफ टोली करिब दुई किलोमिटर पैदल हिँडेर घटनास्थलमा पुगेको राजवारले भनेका छन्।

मुसलधारे वर्षाका कारण घटनास्थलसम्म जेसीबी मेशिन पुर्याउन नसकिने स्थिति थियो। यस्तोमा एसडीआरएफका जवानहरूले खनेर चार वटै शवलाई भग्नावशेषबाट निकाले। शवलाई रुद्रप्रयाग लगिने बताइएको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]