१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको २२ लाख ४८ हजार रुपैयाँसहित एक पक्राउ

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

एबिसी संचार
पर्साको छिपरमाई गाउँपालिका ४ बन्जारीबाट बिहिबार एपीएफ टोलीले २२ लाख ४८ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बहुदरमाई नगरपालिका ५ बस्ने २५ वर्षिय प्रकाश साह छन् ।
उनलाई सशस्त्र प्रहरी, बल नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ना ४३ प २८०२ नम्बरको मोटरसाईकलमा सवार निज साहलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त मोटरसाईकलको ट्याङ्की मुनी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले पक्राउ परेका निज साहलाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक करावाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ रासस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!