२६ कार्तिक २०८३, बिहिबार
12-11-2026 , Thu
×

सशस्त्र प्रहरी ३० गण बागेश्वरी बाँकेद्वारा चौलिका चेकपोस्टबाट श्रोत नखुलेको १६ लाखसहित २ पक्राउ,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ १४, २०८३

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ।

चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी र भन्सार छलेर ल्याएको नगदमा निगरानी बढाएको छ। चौलिका क्षेत्र नेपालगन्जसँगै जोडिएको संवेदनशील नाका हो।

बरामद नगदको स्रोत खुलाउन नसकेमा रकम जफत हुन्छ। हुण्डी कारोबार, कर छली वा अवैध कारोबारमा संलग्नता देखिएमा राजस्व अनुसन्धान विभाग वा नेपाल प्रहरीलाई बुझाएर मुद्दा अघि बढाइन्छ। नियन्त्रणमा लिएका दुवैजनामाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल नेपाल ३० गण हेट्क्वाटर बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका-१ सौरीस्थित पूर्व-पश्चिम राजमार्गमा विपरीत दिशाबाट आएका दुईवटा विद्युतीय (EV) गाडीहरू आपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा ४ जना घाइते हुनुभएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। प्रहरीका अनुसार दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको […]

  दार्चुला । नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा समेत महसुस गरिएको छ । आज (मंगलबार) राति १० बजेर ३८ मिनेटमा भारतको उत्तराखण्डलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालको पश्चिमी सीमावर्ती जिल्ला दार्चुलाबाट करिब १०० किलोमिटर […]

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]