२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

कारागारको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइने

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

एबिसी संचार
कञ्चनपुर कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइने भएको छ । भारतबाट नेपाल भित्रिने नागरिक र क्वारेन्टिनको सङ्ख्यामा वृद्धि भइरहेकाले नेपाल प्रहरीलाई क्वारेन्टिनको सुरक्षामा केन्द्रित हुन सहजीकरणका लागि आउँदो असार १ गतेदेखि सेनालाई कारागारको सुरक्षाको जिम्मा दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार कोरोनाको सङ्क्रमण बढ्दै गएकाले जिल्लाभित्र जोखिम न्यूनीकरणमा संलग्न संघ, प्रदेश, स्थानीय तहका अस्पताल एवं स्वास्थ्य केन्द्र, सामुदायिक तथा निजी क्षेत्रका अस्पतालहरुबीच थप समन्वय र सहजीकरण गर्न नेपाली सेनाका सहसेनानी डा अल्का मजगैंयालाई तोकिएको छ ।
यसैगरी जिल्लाका क्वारेन्टिनमा रहेका सात हजारभन्दा बढी व्यक्तिमध्ये मुटु रोगी आठ, दीर्घरोगी २१, गर्भवती महिला ४०, क्यान्सर रोगी एक, पाइल्स रोगी एक, हालै शल्यक्रिया गरेका २६, जन्डीसका बिरामी एक र ६० वर्षमाथिका नागरिक ९२ जना गरी २०० जना रहेका छन् ।
कोरोना भाइरसको उच्च जोखिममा रहेका ती व्यक्तिहरुको तत्काल आरडिटी परीक्षण गरी नतिजा नेगेटिभ आएमा कञ्चनपुर जिल्लास्तरीय होम क्वारेन्टिन कार्यविधि २०७७ अनुसार होम क्वारेन्टिनमा पठाउने निर्णयसमेत गरिएको सहायक प्रजिअ उपाध्यायले जानकारी दिए । आरडिटी पोजेटिभ आएमा सम्बन्धित स्थानीय तहमै प्रि-आइसोलेशनमा थप स्वास्थ्योपचारको व्यवस्था मिलाइने भएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!