११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

बिकास निर्माणको नाममा नदीजन्य दोहन असार १ गतेदेखि उत्खननमा रौक

Logo
प्रकाशित शुक्रबार, जेठ ३०, २०७७

सागर थापा
जिल्ला समन्वय समिति दाङले देउखुरी क्षेत्रको राप्ती नदीमा भइरहेको नदीजन्य पदार्थको अनुगमन गरेको छ । समितिले चालु आर्थिक वर्षमा टेन्डर आव्हान मार्फत ठेक्का खोलिएका राप्ती नदी घाटहरुको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा ठेक्का परेको स्थानमा चार किल्ला प्रमाणित नभएको र नदीजन्य पदार्थ निकाल्दा मापदण्डभन्दा अत्यधिक गहिराई रहेको पाइएको छ । बिकास निर्माणको नाममा राप्तीमा नदीजन्य दोहन व्यापक भए पछी असार १ गतेदेखि बिकासको काम बाहेक सबै उत्खननमा रौक लगाएको छ ।
आर्थिक वर्ष सकिनै लाग्दा समग्र दाङ जिल्लाभरि नदिजन्य पदार्थ उत्खनन भरहेको छ । सबैभन्दा देउखुरी क्षेत्रमा र दोस्रोमा दाङको ग्वारखोलामा उत्खनन भएको जिल्ला समन्वय समिति दाङका सभापति जीतेन्द्र मान नेपालीले बताउनुभयो ।
जिल्ला समन्वय समितिले देउखुरी क्षेत्रका क्रसर उद्योगहरुको नियमित अनुगमन भइरहेको तर अवैध उत्खनन हुन भने नरोकिएको जनाएको छ । जिल्ला समन्वय समितिका सभापति नेपालीका अनुसार अनुगमन पश्चात संघीय सरकार, प्रदेश सरकार, अख्तियार र सम्बन्धित पालिकालाई जानकारी गराउने तर कारबाही गर्ने काम उनीहरुकै रहेको ।
दाङको देउखुरी क्षेत्रमा बिहीवार अनुगमन पछि कुनै पनि घाटमा मेसिन प्रयोग गर्न नपाइने भएको छ । जिल्ला समन्वय समिति दाङका सभापति जीतेन्द्रमान नेपाली, उपप्रमुख श्रीधर शर्मा पौडेल, जिल्ला समन्वय अधिकारी सावित्रा पुन थापा, सदस्यहरु जक्तबहादुर बस्नेत, देबीलाल थारु र पत्रकारहरु लगायतको टोलीले अनुगमन गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

error: Content is protected !!