२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

बिकास निर्माणको नाममा नदीजन्य दोहन असार १ गतेदेखि उत्खननमा रौक

Logo
प्रकाशित शुक्रबार, जेठ ३०, २०७७

सागर थापा
जिल्ला समन्वय समिति दाङले देउखुरी क्षेत्रको राप्ती नदीमा भइरहेको नदीजन्य पदार्थको अनुगमन गरेको छ । समितिले चालु आर्थिक वर्षमा टेन्डर आव्हान मार्फत ठेक्का खोलिएका राप्ती नदी घाटहरुको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा ठेक्का परेको स्थानमा चार किल्ला प्रमाणित नभएको र नदीजन्य पदार्थ निकाल्दा मापदण्डभन्दा अत्यधिक गहिराई रहेको पाइएको छ । बिकास निर्माणको नाममा राप्तीमा नदीजन्य दोहन व्यापक भए पछी असार १ गतेदेखि बिकासको काम बाहेक सबै उत्खननमा रौक लगाएको छ ।
आर्थिक वर्ष सकिनै लाग्दा समग्र दाङ जिल्लाभरि नदिजन्य पदार्थ उत्खनन भरहेको छ । सबैभन्दा देउखुरी क्षेत्रमा र दोस्रोमा दाङको ग्वारखोलामा उत्खनन भएको जिल्ला समन्वय समिति दाङका सभापति जीतेन्द्र मान नेपालीले बताउनुभयो ।
जिल्ला समन्वय समितिले देउखुरी क्षेत्रका क्रसर उद्योगहरुको नियमित अनुगमन भइरहेको तर अवैध उत्खनन हुन भने नरोकिएको जनाएको छ । जिल्ला समन्वय समितिका सभापति नेपालीका अनुसार अनुगमन पश्चात संघीय सरकार, प्रदेश सरकार, अख्तियार र सम्बन्धित पालिकालाई जानकारी गराउने तर कारबाही गर्ने काम उनीहरुकै रहेको ।
दाङको देउखुरी क्षेत्रमा बिहीवार अनुगमन पछि कुनै पनि घाटमा मेसिन प्रयोग गर्न नपाइने भएको छ । जिल्ला समन्वय समिति दाङका सभापति जीतेन्द्रमान नेपाली, उपप्रमुख श्रीधर शर्मा पौडेल, जिल्ला समन्वय अधिकारी सावित्रा पुन थापा, सदस्यहरु जक्तबहादुर बस्नेत, देबीलाल थारु र पत्रकारहरु लगायतको टोलीले अनुगमन गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पु¥याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।श्यामबाबु समेतले पीडितलाई नेपाल सरकारबाट […]

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]