३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

दाङमा बस भित्र सालको काठ बोकेर भाग्न खोज्दा दुर्घटना

Logo
प्रकाशित शनिबार, जेठ ३१, २०७७

एबिसी संचार
दाङको पश्चिम हापुरेमा ३९.५ क्यूफिट (२७ थान) सालको काठा बोकेको बस भाग्न खोज्दा दुर्घटनामा परेको छ । बबई गाउँपालिका वडा नं. ३ हंसपुरबाट हापुरेतर्फ जाँदै गरेको ग १ ख ७७०३ नम्बरको बस शनिबार विहान दुर्घटनामा परेको हो ।
हसंपुर पीसीओ चोकमा दुर्घटना परेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभएको छ ।
चेकजाँच गर्ने क्रममा भाग्न खोजेपछि दुर्घटनामा परेको हो । बसमा चालक सहित चार जना रहेको र उनीहरु सबै फरार रहेको प्रमुख केसीले बताए । उनीहरुको खोजी कार्य भइरहेको छ ।
त्यस्तै दुर्घटना भएको बस हंसपुरकै स्थानीय चुर्ण बहादुर बोहराको भएको र बस बोहराले नै चलाएको प्रहरीले जनाएको छ । घटना स्थलमा वन कार्यालयका कर्मचारी समेत पुगिसकेको डिएसपी सिंहले बताए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.को प्रमुख आतिथ्यतामा यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई “मानव अधिकार सम्बन्धी कानुन कार्यान्वयनमा नेपाल प्रहरीको भूमिका” सम्बन्धी १ दिने अनुशिक्षण तालिम सम्पन्न भएको । साथै उक्त अनुशिक्षण तालिममा यस कार्यालयका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठबाट सहजीकरण भएको थियो ।

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङले घोराही उप-महानगरपालिका वडा नं. १४ स्थित रहेको १९ नम्बर बाहिनीमा सैन्य आधारभुत तालिमरत प्रशिक्षार्थीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङका ट्राफिक प्रमुख निरीक्षक उपेन्द्र बहादुर बमले सवारी दुर्घटना तथा सडक नियम पालना सम्बन्धी जनचेतना मूलक प्रशिक्षण दिनु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ […]

दाङ । घोराही १७ गैरागाउँ टोल विकास संस्थाले सडक वरपर डस्बिन राखेको छ । शनिबार विहान एक कार्यक्रमको आयोजना गरी टोलमा सरसफाई गर्नुका साथै डस्बिन राख्ने काम भएको छ । टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर बुढाको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले सरसफाई […]

error: Content is protected !!