२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा बस भित्र सालको काठ बोकेर भाग्न खोज्दा दुर्घटना

Logo
प्रकाशित शनिबार, जेठ ३१, २०७७

एबिसी संचार
दाङको पश्चिम हापुरेमा ३९.५ क्यूफिट (२७ थान) सालको काठा बोकेको बस भाग्न खोज्दा दुर्घटनामा परेको छ । बबई गाउँपालिका वडा नं. ३ हंसपुरबाट हापुरेतर्फ जाँदै गरेको ग १ ख ७७०३ नम्बरको बस शनिबार विहान दुर्घटनामा परेको हो ।
हसंपुर पीसीओ चोकमा दुर्घटना परेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभएको छ ।
चेकजाँच गर्ने क्रममा भाग्न खोजेपछि दुर्घटनामा परेको हो । बसमा चालक सहित चार जना रहेको र उनीहरु सबै फरार रहेको प्रमुख केसीले बताए । उनीहरुको खोजी कार्य भइरहेको छ ।
त्यस्तै दुर्घटना भएको बस हंसपुरकै स्थानीय चुर्ण बहादुर बोहराको भएको र बस बोहराले नै चलाएको प्रहरीले जनाएको छ । घटना स्थलमा वन कार्यालयका कर्मचारी समेत पुगिसकेको डिएसपी सिंहले बताए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!