०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

यी हुन क्वारेन्टाइनमा महिलालाई सामुदायिक बलात्कार गर्ने अपराधी

Logo
प्रकाशित शनिबार, आषाढ ०६, २०७७

एबिसी संचार काठमाडौं अहिलेको यस महामारीको समयमा पनि बलात्कारजस्तो जघन्य अपराध गर्ने तीन जनालाई सात दिन थुनामा राखिने भएको छ । कैलालीको क्वारेन्टिनमा ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । जिल्ला अदालत, कैलालीले करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद दिएको प्रहरीले जानकारी दिएको छ । यो बीचमा यस घटनालाई लिएर विरोधमा सोमबार पनि कैलालीको लम्की बजारमा प्रदर्शन गरिएको छ ।
आइतबार लम्कीचुहा नगरपालिका–१ को कार्यालयसमेत तोडफोड गरेका स्थानीय प्रदर्शनकारी सोमबार भने दिनभर शान्तिपूर्ण रूपमा विरोधमा उत्रिएका थिए । लम्कीचुहा–१ का वडाध्यक्ष जनक बमले घटना सामसुम पार्न खोजेको स्थानीयको आरोप लगाएका छन् । लम्की बजारको मुख्य चोकमा यातायात आवागमन ठप्प पारेका प्रदर्शनकारीले ‘घटना ढाकछोप गर्नेलाई कारबाही गर, क्वारेन्टाइन भंग गर, दोषीलाई कारबाही गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । लम्कीचुहाका नगर प्रमुख महादेव बजगाईंले घटनाको सत्यतथ्य छानबिन र संलग्नलाई कारबाही गर्न नगरपालिका गम्भीर रहेको बताउँनु भएको छ ।
आरोपितलाई पक्राउ गरी अनुसन्धान सुरु गरे पनि अराजक समूहले वडा कार्यालय तोडफोड र स्वास्थ्यकर्मीमाथि समेत हातपात गरेको आरोप लगाइएको छ । बजगाईंले स्थानीय र प्रदर्शनकारीलाई घटनाको अनुसन्धानमा प्रहरीलाई सघाउन आग्रहसमेत गर्नुभएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई शुक्रबार पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये किशोर स्वास्थ्यकर्मी स्वयम्सेवक हुन् । अन्य पनि क्वारेन्टिनमा खटिएका स्वयम्सेवक भएको जानकारी गराइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित शुक्रबार (कार्तिक ७) तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान* गर्नुभएको हो। *भ्रमणको रुट:* काठमाडौं → धनगढी हवाई यात्रा → गड्डाचौकी नाका हुँदै भारत प्रवेश। *कहाँ-कहाँ जाँदैछन्?* उहाँको निजी सचिवालयका अनुसार दुई प्रसिद्ध शक्तिपीठमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ: १. *कैंची धाम, नैनीताल, […]

*काठमाडौं । नेपाल प्रहरीमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको भन्ने विषयमा तथ्य, प्रमाण र तर्कसहित विश्लेषण प्रस्तुत गर्नु व्यावसायिक पत्रकारिताको महत्त्वपूर्ण जिम्मेवारी हो। यस्तो संवेदनशील अवस्थामा संस्थाको गरिमा, व्यावसायिक मनोबल र सार्वजनिक विश्वाससँग सम्बन्धित विषयमा गम्भीर बहस हुनु आवश्यक छ। तर प्रहरीको जन्मदिन, प्रहरीभित्रका ‘उत्कृष्ट जोडी’ लगायतका विषयमा तस्बिर र श्रव्यदृश्य सामग्री तयार पार्ने क्रममा सक्रिय […]

  बाँके । चाडपर्वको समयमा सुरक्षित यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक कनक शाहीको कमाण्डको ट्राफिक प्रहरी टोलीले बाँके नेपालगन्ज राँझा,रत्न राजमार्गमा विशेष चेकजाँच गरेको थियो। १७१ वटा सार्वजनिक सवारी चेकजाँच* गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ र ट्राफिक नियम उल्लंघन गर्ने ३५ वटा सवारीलाई कारबाही* […]