१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

बिरगंजलाई व्यवस्थित गर्ने अभियान अन्तर्गत जनचेतना तथा मास्क बितरण गर्दै

Logo
प्रकाशित सोमबार, आषाढ २२, २०७७

राहुल गुप्ता
बिरगंज समुदाय प्रहरी साझेदारी अन्तर्गत शुरक्षित र ब्यवस्थित बिरगंज कार्यक्रममा आइतबार जनचेतना एवं मास्क बितरण गरिएको थियो ।
बिरगंज स्प्रीट क्लबद्वारा माइस्थानको मुख्य चोकमा युवाहरुले स्थानिय सर्वसाधारणलाइ ट्राफिक नियन पालना,पसल र घर अगाडी फोहोर नगर्न,सामाजिक दुरि बनाउन, कोरोना सङ्ग बच्न मास्क नहुने लाइ मास्क लगाउन र मास्क नहुने लाइ मास्क बितरण गरेकाे थियो ।
कोरोना महामारी र सरकारले लगाएका बन्दाबन्दी खुकुलो पारे पछि जनमानसमा स्वास्थ्य प्रति लापरवाही बढेपछि जिल्ला प्रहरी कार्यालय स्थानिय संघ संस्था सङ्ग साझेदारी गरि बिरगंजलाइ सुरक्षित र बजार लाइ ब्यवस्थित गर्ने अभियान बढाए संगै आज यो कार्यक्रम गरिएको कुरा स्प्रीट क्लबका उपाध्यक्ष ओशन गुप्ताले पर्सा पोस्टलाई बताए ।
सप्ताह ब्यापी हुने यस कार्यक्रम बिहान ७:३० देखी ९:३० र साझ ५:०० देखी ६:३० सम्म हुने सचिव गुप्ताले बताए । हाल अहिले यस किसिमका कार्यक्रम महानगरको प्रत्येक भिड्भाड , अति ब्यस्त ठाउमा उक्त ठाउ का युवा क्लब र संघ सन्स्था संग साझेदारी गरि अघि बढ्ने ट्राफिक प्रहरी पर्सा प्रमुख कमल राज पन्डितले बताउनु भयो।
उक्त कार्यक्रममा अभियानका अभियन्ता दिलिपराज कार्की,क्लबका सदस्य अभिसेक गुप्ता, निशा गुप्ता,आरती सहनी,रेस्मा हरलका ,
ट्राफिक प्रहरी नायब निरीक्षक सुर्य बहादुर थापा, सई बृज किशोर सिंह लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । हर्ड इन्टरनेसनलको पराग सेचन परियोजनाअन्तर्गत घोराही उपमहानगरपालिका–१४ स्थित लखन पार्कमा पराग सेचनका लागि उपयोगी बहुमूल्य फूल तथा अत्यावश्यक वनस्पतिका बिरुवा रोपिएको छ। परियोजनाले आगामी तीन वर्षसम्म पार्कमा आवश्यक पर्ने विभिन्न जातका फूल तथा वनस्पतिका बिरुवा उपलब्ध गराउने भएको छ। परियोजनाअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा लखन पार्क परिसरमा विभिन्न प्रजातिका फूल तथा वनस्पतिका बिरुवा वृक्षारोपण […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलिले गोप्य सूचनाको आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर र वडा नं. २ सुर्खेत रोडस्थित ३ वटा स्पा सेन्टरमा छापा मारेर भारतीय नागरिक गुडिया खान, दुर्गा थारु तर्कराज देवकोटालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न उमेरका नाबालिकालाई गैरकानुनी रूपमा स्पामा काममा लगाएको आरोप छ। बाँके प्रहरीले पीडित बालबालिकाको उद्धार गरेको […]

बाँके । सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलद्वारा बाँके बर्दिया स्थित सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको औपचारिक निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षणका क्रममा भएका मुख्य कामहरू: बाँके र बर्दियाका विभिन्न बीओपी, गुल्म र बाहिनी मुख्यालयको स्थलगत निरीक्षण गर्दै सुरक्षा व्यवस्था, ब्यारेक, अभिलेख र हातहतियारको अवस्थाबारे जानकारी लिनुभयो। आवश्यक […]