१९ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

मास्क नलगाएर घर बाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने

Logo
प्रकाशित मंगलबार, आषाढ २३, २०७७

(एबिसी क्राईम ब्युरो) काठमाडौं गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।
कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको सरकारको भनाइ छ । जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएको छ । लकडाउनका कडाइ नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने भएकाले यस्तो निर्देशन दिएको अधिकारीले बताए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा आइतबार स्थलगत अनुगमनमा पुगेका मन्त्री अर्यालले यस्तो बताएका हुन् । गृहमन्त्री अर्यालले हालसम्म बाँके जिल्लाको तयारी सन्तोषजनक रहेको र जिल्लाको परिवेश अनुसार सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए । साथै उनले निर्वाचन आचारसंहिताको पालना गर्न […]

  काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीको लागि भारत सरकारले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन ट्रक हस्तान्तरण गरेको छ। यसअघि भारतले निर्वाचन सहयोगमा ५८० भन्दा बढी सवारीसाधन नेपाललाई उपलब्ध गराइसकेको थियो।

काठमाडौं । इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् सञ्चार माध्यमहरूमा इरानले मध्यस्थमार्फत अमेरिकासँग पुनः वार्ता गर्न खोजेको भन्ने खबर सार्वजनिक भइरहेका बेला लारिजानीले ती दाबी अस्वीकार गरेका छन्। उनले लेखेका छन्, ‘इरान अमेरिकासँग वार्ता गर्ने पक्षमा छैन।’ […]

error: Content is protected !!