१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

बाँके एसपी रानाको कार्वाही तीब्र ४ किलो अफिस सहित एकजना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन ०२, २०७७

महेन्द्र सिंह बाँके प्रहरीले अफिम सहित एक जनालाई नियन्त्रणमा लिएकोछ । बाँकेको कोहलपुरमा लागुऔषध अफिम कारोबार भइरहेको सूचना पाएलगत्तै चेकजाँच गर्दा अफिम सहित एक जनालाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।
एसपी रानाका अनुसार बाँके कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी ४२ वर्षिय भबिलाल पुन मगरलाई ४ किलो १७४ ग्राम लागुऔषध अफिम सहित नियन्त्रणमा लिइएको हो ।
कोहलपुर नगरपालिका वडा नम्बर ११ गोलपार्क स्थित एलबी गेष्टहाउसबाट अफिम सहित मगरलाई जिल्ला प्रहरी कार्यालय बाँके, लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीलले संयुक्तरुपमा नियन्त्रणमा लिइएको छ ।
जाजरकोट नगरपालिका वडा नम्बर १ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नम्बर २ आनन्दनगरमा मगर बस्दै आएका थिए ।
यतिबेला कोहलपुर स्थित ईलाका प्रहरी कार्यालयमा राखिएका उनीमाथि थप अनुसन्धान भइरहेकोछ । एसपी रानाले भने–‘बरामाद गरिएको लागुऔषध अफिम सहित पुनलाई जिल्ला प्रहरी कार्यालय बाँके  ल्याई थप कारबाही अगाडी बढाइने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]