०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

लाखौं रुपैयाँसहित १ महिला र २२ पुरुष गरी २३ जना जुवाडे पक्राउ

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

एबिसी संचार
फिदिम पाँचथर प्रहरीले बाजी थापेर कौडा (जुवा) खेलिरहेको अवस्थामा २२ पुरुष र १ महिला गरी २३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले जिल्लाको फिदिम नगरपालिका वडा नम्बर १ स्थित द्वारिका थाम्सुहाङको घरमा कोडा खेलिरहेको अवस्थामा २३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घरधनी थाम्सुहाङसहित अन्य २२ जना छन् । प्रहरीले पक्राउ परेकाहरुको साथबाट २ लाख ४७ हजार ९ सय ४५ रुपैयाँ नगद र १७ थान कौडा बरामद गरिएको जनाएको ५ ।
पक्राउ परेकाहरुबिरुद्ध कानूनी कारबाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!