०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित २ जना लाखौं रुपैया अख्तियारको नियन्त्रणमा

Logo
प्रकाशित सोमबार, साउन १९, २०७७

महेन्द्र सिंह बाँके अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले बाँके राष्ट्रिय निकुञ्जका प्रमुखसहित दुई जना कर्मचारीलाई रुपन्देहीबाट पक्राउ गरेकोछ ।
विशेष सुराकीको आधारमा बुटवल कार्यालयबाट खटि आएका अख्तियारका कर्मचारीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई नगद ३ लाख ४८ हजार र बैंकमा जम्मा गरेको ५ लाख ५० हजारको बैंक भौचरसहित झन्डै ९ लाख श्रोत नखुलेको रकमसहित रुपन्देहीको सैनामैनाबाट पक्राउ गरेको आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।
सुचना अधिकारी भुसालका अनुसार भट्टराई र रोकायलाई श्रोत नखुलेको उक्त रकमसहित बाँके निकुञ्जको सरकारी गाडीबाटै नियन्त्रणमा लिइएको हो । सोमबार दिउँसो पक्राउ परेका भट्टराई र रोकायलाई थप अनुसन्धानका लागि बुटवल स्थित अख्तियारको हिरासतमा राखिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। १०१ जना घाइते भएका छन्। यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो। जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए। दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि […]

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]