०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

काेराेना महामारीमा पनि इन्धन आपूर्तिमा कुनै कमि हुन दिएका छैनौ प्रमुख :पाेख्रेल

Logo
प्रकाशित मंगलबार, साउन २०, २०७७

सागर थापा/बिदुर एमसी विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको महामारीको समयमा पनि अाफ्नाे इन्धन डिपोबाट अाम उपभोक्ताहरुलाई निरन्तर सेवा प्रवाह भएको नेपाल आयल निगम बाँकेका कार्यालय प्रमुख नवविनाेद पाेख्रेलले बताएका छन् । हप्तामा प्राय सबैजसाे दिनहरूमा अाफ्नाे इन्धन डिपोबाट सैयौ ट्याङ्करहरुबाट इन्धन ढुवानी हुने भएकोले उपभोक्ताहरुकाे मागअनुसार अापूर्ति गर्न सम्भव भएको हाे । भारतकाे उत्तर प्रदेशको गाेण्डामा रहेको डिपोबाट इन्धन ल्याएर नेपालगञ्जमा भण्डारण गर्ने र त्यहाँबाट अासपासका लगायत पहाडी जिल्लाहरुमा पनि इन्धन आपूर्ति गर्ने गरिएको इन्धन डिपोका कार्यालय प्रमुख पाेख्रेलले जानकारी गराए ।भारतमा काेराेनाकाे महामारी द्रुतगतिमा बढिरहेको अवस्थामा अाफ्ना कर्मचारीहरुले त्यति ठूलो जाेखिम माेलेर पनि इन्धन आपूर्तिमा महत्त्वपूर्ण भूमिका निभाएकोमा ट्याङ्कर, डिपो कर्मचारी र पम्पहरुलाई उनले विशेष रूपमा सम्झिए । डिपो ट्याङ्कर व्यवसायी र पम्पहरु मिलेर उपभोक्ताहरुलाई निकै ठूलो मारमा पारेका छन् नि, भन्ने सञ्चारकर्मिकाे प्रश्नको उत्तरमा यदि कहीँ कतैबाट कुनैबाट त्यस्तो अवाञ्छित क्रियाकलाप भएको भए अाफू कारवाही भाेग्न र अाफ्ना मातहतका कर्मचारीहरुलाई पनि कारबाही गर्न अाफू तत्पर रहेको प्रमुख पाेख्रेलले खुलस्त पारे । बेला बखतमा तपाईंका पम्पहरुले इन्धन छैन भनेर उपभोक्तालाई रित्तै फर्काएका पनि छन यसमा तपाईं के भन्नुहुन्छ त ? भनेर सोधिएको प्रश्नको जवाफमा डिपोका कार्यालय प्रमुख नवबिनोद पाेख्रेलले भने यदि त्यस्तो भएको छ भने हाम्रो कार्यालयमा खवर गर्नुहाेस्, हामी त्यस्ता पम्पलाई तुरुन्तै कारबाही गर्नेछौं । बजारमा इन्धन सम्बन्धि अनेकौं गुनासाहरु आएकाले एबिसी सञ्चारकर्मिहरुकाे टाेली बाँके जिल्लामा रहेको नेपाल अायल निगमको इन्धन डिपो कार्यालयमा पुगेर त्यहाँका कार्यालय प्रमुख नवविनाेद पाेख्रेलसंग समसामयिक विषयमा कुराकानी गरेको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]

  काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित शुक्रबार (कार्तिक ७) तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान* गर्नुभएको हो। *भ्रमणको रुट:* काठमाडौं → धनगढी हवाई यात्रा → गड्डाचौकी नाका हुँदै भारत प्रवेश। *कहाँ-कहाँ जाँदैछन्?* उहाँको निजी सचिवालयका अनुसार दुई प्रसिद्ध शक्तिपीठमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ: १. *कैंची धाम, नैनीताल, […]

*काठमाडौं । नेपाल प्रहरीमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको भन्ने विषयमा तथ्य, प्रमाण र तर्कसहित विश्लेषण प्रस्तुत गर्नु व्यावसायिक पत्रकारिताको महत्त्वपूर्ण जिम्मेवारी हो। यस्तो संवेदनशील अवस्थामा संस्थाको गरिमा, व्यावसायिक मनोबल र सार्वजनिक विश्वाससँग सम्बन्धित विषयमा गम्भीर बहस हुनु आवश्यक छ। तर प्रहरीको जन्मदिन, प्रहरीभित्रका ‘उत्कृष्ट जोडी’ लगायतका विषयमा तस्बिर र श्रव्यदृश्य सामग्री तयार पार्ने क्रममा सक्रिय […]