१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

नागरिक प्रहरी सहयोगबाट समाजमा शान्ति सुरक्षा हुन्छ डिएसपी सिंह

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

तेज वली
दाङ ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिबबहादुर सिंहले नागरिक प्रहरी साझेदारीका माध्यमबाट समाजमा शान्ति सुरक्षा कायम गर्न सहज हुने बताए । रोटरी क्लब अफ तुलसीपुर सिटिको शुक्रबार सम्पन्न नियमित बैठकमा गेष्ठ स्पिकरको रुपमा उपस्थित भएका डिएसपी सिंहले नागरिक स्तरबाट प्रहरीलाई तत्काल सुचना प्राप्त भएपछि मात्रै तत्काल घटनाहरु नियन्त्रण गर्न मदत पुग्ने धारणा ब्यक्त गरे ।
उनले समाजलाई सुरक्षित बनाउने अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका सबै वडाहरुमा टोल सुरक्षा समिति गठन भैसकेको जानकारी दिए । अब देखि टोल सुरक्षा समितिले स्थानिय स्तरमा हुने घरेलु हिंसा,चोरी डकैति नियन्त्रण देखि बिभिन्न चेतना मुलक कार्यक्रमहरु समेत प्रहरीसगंको समन्वय र सहकार्यमा गाउ गाउमा अभियानकैरुपमा संचालन हुने उनले बताए ।
उनले अर्को सन्दर्भमा विकसित मुलुकहरुको सिको गर्दै देश विकास गर्न युबाहरुलाई उत्पादनमा लगाउने बाताबरणको सिर्जना गर्नुपर्ने बताए । उनले भने”युवाहरुले जब आफ्नै देशमा परिश्रम गर्छन अनि मात्रै सबैखालका परिबर्तनहरु सम्भब हुन्छन । ” उनले रोटरीले समाजमा गरेको योगदानको समेत प्रशसा गरे । रोटरी क्लब अफ तुलसीपुर सिटिका सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा डिएसपी सिंहको जिवनी र उनको ब्यक्तित्वका बारेमा पूर्वअध्यक्ष तुफानबाबु श्रेष्ठले प्रकाश पारे ।
कार्यक्रममा पूर्व एजि एवम पूर्वध्यक्ष कुशल तर्ताल,नोमिनि प्रेसिडेन्ट यज्ञ बहादुर केसी,पूर्वध्यक्षहरु बिजय केसी,बिमल रिजाल,बिरबहादुर रावत,ललित बहादुर घर्ति,धर्मेन्द्र बैश्य,राजेन्द्र प्रसाद श्रेष्ठ ,पब्लिक डाईरेक्टर राजिब वली लगाएतकाले आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको सहजिकरण क्लबका सचिब देबेन्द्र केसीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!