बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ गंगापुरमा राष्ट्रिय जनमत पार्टी (बुलडोजर छाप) को बिजय सिंह बर्माको संयोजकत्वमा १३ सदस्यीय गाउँ कमिटी गठन भएको छ। उपसंयोजकमा प्रेम कुम्हार चयन भएका छन् ।
आज भएको पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रम वार्ड इन्चार्ज सियाराम कुम्हारको नेतृत्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका-४ का वार्ड इन्चार्ज शैलेन्द्र सिजापति, केन्द्रीय सदस्य रोशन चौधरी, पार्टी सभापति रियाज अहमद शेष, नेपालगञ्ज-१४ का इन्चार्ज रमजान अलि राई, जिल्ला सदस्य मंगल बढही तथा पार्टी महासचिव राजा सिंहको उपस्थिति रहेको थियो ।
भेलामा मुख्यरूपमा जनताको स्थानीय समस्याहरुमाथि छलफल भएको जानकारी केन्द्रीय नेता रोशन चौधरीले दिएका छन्।
*बुलडोजर बाबा जिन्दावाद !*
*राष्ट्रिय जनमत पार्टी जिन्दावाद !!* ✊