०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

ईलाका प्रहरी कार्यालय कोहलपुर पुन पुरानै अवस्थामा

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

महेन्द्र सिंह बाँके कोहलपुर थुनुवालाई कोरोना संक्रमण देखिएपछि सिल गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुर पुन पुरानै अवस्थामा फर्किएको छ । ईप्रका अन्तर्गतका सबै प्रहरी र थुनुवाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि कार्यालयको सबै सेवा खुल्ला गरिएको ईप्रका कोहलपुरका प्रमुख डिएसपी कुलदिप चन्दले जानकारी दिए ।
गत श्रावण २० गते ईप्रका कोहलपुरका एक थुनुवालाई कोरोना संक्रमण देखिएपछि २१ गते कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरी, थुनुवा र अन्य स्थानिय गरी १०० जनाको स्वाव संकलन गरीएको थियो । जसमध्ये एक प्रहरी र एक थुनुवामा बाहेक अन्य ९८ जनाको रिपोर्ट नेगेटिभ आएको कोहलपुर नगर स्वास्थ्य शाखाका प्रमुख डिल्ली पोखरेलले जानकारी दिए । संक्रमण देखिएका प्रहरी दाङमा कार्यरत रहँदै आएका थिए । कोहलपुर आएको समयमा कोरोना परिक्षण गराएका ति प्रहरीमा संक्रमण देखिएको पोखरेलले बताए । संक्रमण देखिएका दुबैलाई शनिबार नै आईसोलेशन सेन्टरमा सारिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

error: Content is protected !!