०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

ईलाका प्रहरी कार्यालय कोहलपुर पुन पुरानै अवस्थामा

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

महेन्द्र सिंह बाँके कोहलपुर थुनुवालाई कोरोना संक्रमण देखिएपछि सिल गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुर पुन पुरानै अवस्थामा फर्किएको छ । ईप्रका अन्तर्गतका सबै प्रहरी र थुनुवाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि कार्यालयको सबै सेवा खुल्ला गरिएको ईप्रका कोहलपुरका प्रमुख डिएसपी कुलदिप चन्दले जानकारी दिए ।
गत श्रावण २० गते ईप्रका कोहलपुरका एक थुनुवालाई कोरोना संक्रमण देखिएपछि २१ गते कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरी, थुनुवा र अन्य स्थानिय गरी १०० जनाको स्वाव संकलन गरीएको थियो । जसमध्ये एक प्रहरी र एक थुनुवामा बाहेक अन्य ९८ जनाको रिपोर्ट नेगेटिभ आएको कोहलपुर नगर स्वास्थ्य शाखाका प्रमुख डिल्ली पोखरेलले जानकारी दिए । संक्रमण देखिएका प्रहरी दाङमा कार्यरत रहँदै आएका थिए । कोहलपुर आएको समयमा कोरोना परिक्षण गराएका ति प्रहरीमा संक्रमण देखिएको पोखरेलले बताए । संक्रमण देखिएका दुबैलाई शनिबार नै आईसोलेशन सेन्टरमा सारिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!