०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

भदौ १ गतेदेखि ८ गतेसम्म साँझ ७ बजेदेखि विहान ५ बजेसम्म बन्द हुने

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

सागर थापा दाङ कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ १ गतेदेखि ८ गतेसम्म राती पूर्णरुपले बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रवार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले यही भदौ १ गतेदेखि ८ गतेसम्म साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि निशेद्याज्ञा जारी गरेको छ । वैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षत्तामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघलगायतको उपस्थितिमा बसेको वैठकले चाडपर्वको नाममा समाजमा बढि रहेको भिडभाडलाई कम गर्नका लागि जतिसुकै समयमा हुने नाँचगान, भेला, गोष्ठी, सेमिनार, कार्यक्रमलाई पूर्णरुपले रोक लगाउने, मठमन्दिरमा हुने दैनिक नृत्यकर्म बाहेक अन्य सबै खाले पूजापाठलाई बन्द गर्ने निर्णय गरेको छ । वैठकले बजारलाई व्यवस्थित गर्न अनिवार्यरुपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, माइकिङलगायतका कार्यहरु गर्ने, यातायात क्षेत्रलाई पनि व्यवस्थितरुपमा सञ्चालन गराउने निर्णय गरेको छ । वैठकले जिल्लामा सबै खाले गतिविधिलाई अनुगमन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघ, स्वास्थ्य कार्यालय, स्थानीय तहहरु सहितको जिल्ला अनुगमन समिति गठन गरेको छ ।यस विषयमा प्रमुख िजल्ला अधिकारी गोविन्द प्रसाद रिजालले दाङलाई कोभिडबाट मुक्त राख्नका लागि राती पूर्णरुपले बन्देज र दिउँसो नियन्त्रणमूखी उपाएको खोजि गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!