२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

दाङमा कोरोना संक्रमितको संख्या ७ सय बढी पुगेयो

Logo
प्रकाशित शुक्रबार, भाद्र ०५, २०७७

एबिसी संचार
दाङमा ५ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लामा पछिल्लो समय स्वाब संकलन कम हुँदा मात्रै नयाँ संक्रमितको संख्या न्यून देखिएको छ । संक्रमणको जोखिम भने कायमै छ । लकडाउन खुलेपछि मानिसहरुको आवातजावात हुँदा संक्रमणको जोखिम झनै बढेको छ । लकडाउन खुलेपछि परिक्षण पनि कम भएको र संक्रमित पनि कम देखिएको छ ।
जिल्लामा दश पालिकामध्ये अहिलेसम्म सबैभन्दा बढी घोराही उपमहानगरपालिका र सबैभन्दा कम दंगिशरण गाउँपालिकामा संक्रमित देखिएका छन् । घोराही उपमहानगरपालिकामा २ सय ६७ जनामा संक्रमण देखिएको छ भने सबैभन्दा कम दंगिशरण गाउँपालिकामा ५ जना संक्रमित भेटिएका छन् ।
त्यसैगरी तुलसपुर उपमहानगरपालिकामा ७८ जनामा संक्रमण देखिएको छ । तुलसीपुरमा ५ जनाको जिल्ला बाहिर संक्रमण पुष्टि भएको हो । अहिलेसम्म बंगलाचुली गाउँपालिकामा १ सय ५७ जनाको रिर्पोट पोजेटीभ देखिएको छ ।
बबई गाउँपालिकामा ३२ जनामा संक्रमण देखिएको छ । यस्तै गढवा गाउँपालिकामा ४५ जनामा संक्रमण देखिएको छ । लमही नगरपालिकामा अहिलेसम्म ३३ जनामा संक्रमण देखापरेको छ ।
त्यस्तै राजपुर गाउँपालिकामा २२ जनामा संक्रमण देखिएको छ । त्यसैगरी राप्ती गाउँपालिकामा ३४ जना, शान्तीनगरमा २३ जनामा कोरोना देखिएको छ । दाङमा अहिलेसम्म १२ हजार ९ सय ६४ जनाको स्वाब परिक्षण गरिएको छ । अहिलेसम्म जिल्लामा ७१९ जनामा संक्रमण देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]