०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङमा कोरोना संक्रमितको संख्या ७ सय बढी पुगेयो

Logo
प्रकाशित शुक्रबार, भाद्र ०५, २०७७

एबिसी संचार
दाङमा ५ जना नयाँ संक्रमित थपिएका छन् । जिल्लामा पछिल्लो समय स्वाब संकलन कम हुँदा मात्रै नयाँ संक्रमितको संख्या न्यून देखिएको छ । संक्रमणको जोखिम भने कायमै छ । लकडाउन खुलेपछि मानिसहरुको आवातजावात हुँदा संक्रमणको जोखिम झनै बढेको छ । लकडाउन खुलेपछि परिक्षण पनि कम भएको र संक्रमित पनि कम देखिएको छ ।
जिल्लामा दश पालिकामध्ये अहिलेसम्म सबैभन्दा बढी घोराही उपमहानगरपालिका र सबैभन्दा कम दंगिशरण गाउँपालिकामा संक्रमित देखिएका छन् । घोराही उपमहानगरपालिकामा २ सय ६७ जनामा संक्रमण देखिएको छ भने सबैभन्दा कम दंगिशरण गाउँपालिकामा ५ जना संक्रमित भेटिएका छन् ।
त्यसैगरी तुलसपुर उपमहानगरपालिकामा ७८ जनामा संक्रमण देखिएको छ । तुलसीपुरमा ५ जनाको जिल्ला बाहिर संक्रमण पुष्टि भएको हो । अहिलेसम्म बंगलाचुली गाउँपालिकामा १ सय ५७ जनाको रिर्पोट पोजेटीभ देखिएको छ ।
बबई गाउँपालिकामा ३२ जनामा संक्रमण देखिएको छ । यस्तै गढवा गाउँपालिकामा ४५ जनामा संक्रमण देखिएको छ । लमही नगरपालिकामा अहिलेसम्म ३३ जनामा संक्रमण देखापरेको छ ।
त्यस्तै राजपुर गाउँपालिकामा २२ जनामा संक्रमण देखिएको छ । त्यसैगरी राप्ती गाउँपालिकामा ३४ जना, शान्तीनगरमा २३ जनामा कोरोना देखिएको छ । दाङमा अहिलेसम्म १२ हजार ९ सय ६४ जनाको स्वाब परिक्षण गरिएको छ । अहिलेसम्म जिल्लामा ७१९ जनामा संक्रमण देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!