०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

दाङको राप्ती गाउँपालिका एक हप्ताको लागि शिल

Logo
प्रकाशित शुक्रबार, भाद्र १२, २०७७

सागर थापा दाङमा कोरोना संक्रमण रोकथामका लागि राप्ती गाउँपालिकामा एक साता निषेधाज्ञा जारी गरिएको छ । गाउँपालिकामा भदौ १२ गते राती १२ बजेबाट लागुहुने गरि एक साताका लागि निषधाज्ञा जारी गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर १ को भालुबाङ पुलचोक, पुरानो बजार पाखापानी क्षेत्र, वडा नम्बर ४ को बुडिचौर, मौरीघाट क्षेत्र र वडा नम्बर ८ को कोलहव क्षेत्रमा शिल गरिएको हो । बन्दको समयमा गाउँपालिकामा सम्पुर्ण सार्वजनिक यातायात बन्द हुने भएका छन् । त्यसैगरी अत्यावश्यकबाहेक अन्य सबै क्षेत्र बन्द हुने राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। १०१ जना घाइते भएका छन्। यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो। जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए। दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि […]

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]