०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

नेपाल वायुसेवा निगमले सार्वजनिक गर्यो उडान तालिकाहरु

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

ABC Sanchar
नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबारदेखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले नियमित उडान तालिका निर्धारण गरेको हो ।
जसअनुसार निगमले २, १७ र ३० सेप्टेम्बरमा नारिता उडान भर्नेछ । त्यसैगरी ५, ७, १२, १४, १९, २१, २६ र २८ सेप्टेम्बरमा दुबई उडान भर्नेछ भने क्वालालम्पुरमा आगामी ६, १३, २० र २७ सेप्टेम्बरमा उडान भर्नेछ ।
त्यसैगरी, हङकङमा आगामी ९ र २३ सेप्टेम्बरमा उडान भर्ने कार्यतालिका सार्वजनिक गरेको छ । निगमले नियमित उडान नहुने विभिन्न देशका हवाई गन्तव्यका लागि सेप्टेम्बरको चार्टर उद्धार उडान तालिकासमेत सार्वजनिक गरिएको जनाएको छ । चार्टर उद्धार उडानका लागि निगमले जेद्दामा आगामी ५, ११ र २७ सेप्टेम्बर, दमाममा आगामी ७ सेप्टेम्बर, कुवेतमा १४ सेप्टेम्बरमा उडान भर्नेछ ।
निगमले २, १७ र ३० सेप्टेम्बरमा नारिता उडान भर्नेछ । त्यसैगरी ५, ७, १२, १४, १९, २१, २६ र २८ सेप्टेम्बरमा दुबई उडान भर्नेछ भने क्वालालम्पुरमा आगामी ६, १३, २० र २७ सेप्टेम्बरमा उडान भर्नेछ ।
यसैगरी, दोहामा आगामी १५, २१, २२, २७ र २९ सेप्टेम्बरमा र रियादमा आगामी १९ सेप्टेम्बरमा नै उडान भर्ने नयाँ तालिका बनाइएको निगमले जनाएको राजधानी दैनिकबाट ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]