०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

१२ औ दिन पनि स्वतन्त्र समाज नेपालद्वारा निःशुल्क खाना खुवाउदै

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

ABC Sanchar
हाल नेपालका नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवाहरुले सकृय भएका छन्। नेपाली युवाहरूले नै कतै भोकै मर्ने अवस्थामा परेरका लाई शिविर संचालन गरेका छन् भने कतै अस्पतालको सैयामा एक थोपा रगतका लागी छ्ट्पटाइ रहेको बेला पनि युवाले नै आफ्नो रगत दिएर बचाइ रहेका हुन्छन्। नेपालमा त्यत्रो नेता तथा सरकार लाई बचाउन त युवाले खाडी मुल्कमा खुन पसिना बगाएर नै बचाएको हो, हाम्रो नेपाल लाइ युवाले नै धानी रहेकोे सर्वविदित रहेकोे छ। सोही अनुसार हामी सम्पुर्ण नेपाली समाजका युवाहरू लाई नै आ-आफ्नो समाजको जिम्मेवारी लिएर अगाडी बढ्दै सम्पुर्ण नेपालीको जीवन् रक्षा देखि हरेक कुरामा ध्यानाकर्षण गर्नु पर्ने अवस्था रहेकोेले सक्रियताका साथ अग्रसर भएका छन्।
त्यस्तै सेवा नै धर्म हो भन्ने मुल नाराका साथ स्वतन्त्र समाज नेपाल द्वारा निषेधाज्ञा अवधिभरी गरिब, असहाय, बृद्ध एवं निमुखा जनताहरु लाई निःशुल्क रुपमा खाना खुवाउने अभियान जारी रहेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी निषेधाज्ञाका कारण वीरगंजमा प्रभावितहरु लाई समाजले खाना वितरण गर्दै आएको छ।
लामो समय देखीको निषेधाज्ञाका कारण गरिब र दैनिक ज्यालादारी गरी आफ्नो जिविकोपार्जन गर्नेहरु समस्यामा परेका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा लगाए पनि उनीहरुको व्यवस्थापनका लागि कुनै कदम नचालेको देखिए पछि आफुहरु अगाडी सरेको समाजका अध्यक्ष कन्हैया झाले वताए ।
स्वतन्त्र समाजका टिमहरूले विगतका दिन देखि आज १२औ दिन पनि दुई हजार भन्दा पनि बढी परिवारलाई सहयोग गर्न सफल भएको स्वतन्त्र समाज नेपालका उपाध्यक्ष मुना प्रसाद साहले जानकारी दिए ।
समाजले बिहान र बेलुका गरी एक दिनमा २ समय ३ सय परिवार सम्मका लागि आफुहरुले खाद्यान्न उपलब्ध गराउँदै आएको उपाध्यक्ष साहले बताए । खाद्यान्न वितरण गर्ने कार्यमा आज संस्थाका सचीव रवि वर्णवाल, कोषाध्यक्ष आशा देवी, सदस्य अंगद शर्मा, राजेश साह, दिपेन्द्र साह अभिनाश गुप्ता, धिरज साह, मनिस श्रीवास्तव, उतम कुशवाहा, रोहन सिंह, अर्जुन सरार्फ, अनिल साह, राजु सरार्फ लगायतकाले सहयोग गरिरहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!