२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

१२ औ दिन पनि स्वतन्त्र समाज नेपालद्वारा निःशुल्क खाना खुवाउदै

Logo
प्रकाशित मंगलबार, भाद्र २३, २०७७

ABC Sanchar
हाल नेपालका नेपाली जनता लाई नेपाली युवाले बचाउन लाई सकृय नभए अवस्था गम्भीर हुन सक्ने भएकोले युवाहरुले सकृय भएका छन्। नेपाली युवाहरूले नै कतै भोकै मर्ने अवस्थामा परेरका लाई शिविर संचालन गरेका छन् भने कतै अस्पतालको सैयामा एक थोपा रगतका लागी छ्ट्पटाइ रहेको बेला पनि युवाले नै आफ्नो रगत दिएर बचाइ रहेका हुन्छन्। नेपालमा त्यत्रो नेता तथा सरकार लाई बचाउन त युवाले खाडी मुल्कमा खुन पसिना बगाएर नै बचाएको हो, हाम्रो नेपाल लाइ युवाले नै धानी रहेकोे सर्वविदित रहेकोे छ। सोही अनुसार हामी सम्पुर्ण नेपाली समाजका युवाहरू लाई नै आ-आफ्नो समाजको जिम्मेवारी लिएर अगाडी बढ्दै सम्पुर्ण नेपालीको जीवन् रक्षा देखि हरेक कुरामा ध्यानाकर्षण गर्नु पर्ने अवस्था रहेकोेले सक्रियताका साथ अग्रसर भएका छन्।
त्यस्तै सेवा नै धर्म हो भन्ने मुल नाराका साथ स्वतन्त्र समाज नेपाल द्वारा निषेधाज्ञा अवधिभरी गरिब, असहाय, बृद्ध एवं निमुखा जनताहरु लाई निःशुल्क रुपमा खाना खुवाउने अभियान जारी रहेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी निषेधाज्ञाका कारण वीरगंजमा प्रभावितहरु लाई समाजले खाना वितरण गर्दै आएको छ।
लामो समय देखीको निषेधाज्ञाका कारण गरिब र दैनिक ज्यालादारी गरी आफ्नो जिविकोपार्जन गर्नेहरु समस्यामा परेका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा लगाए पनि उनीहरुको व्यवस्थापनका लागि कुनै कदम नचालेको देखिए पछि आफुहरु अगाडी सरेको समाजका अध्यक्ष कन्हैया झाले वताए ।
स्वतन्त्र समाजका टिमहरूले विगतका दिन देखि आज १२औ दिन पनि दुई हजार भन्दा पनि बढी परिवारलाई सहयोग गर्न सफल भएको स्वतन्त्र समाज नेपालका उपाध्यक्ष मुना प्रसाद साहले जानकारी दिए ।
समाजले बिहान र बेलुका गरी एक दिनमा २ समय ३ सय परिवार सम्मका लागि आफुहरुले खाद्यान्न उपलब्ध गराउँदै आएको उपाध्यक्ष साहले बताए । खाद्यान्न वितरण गर्ने कार्यमा आज संस्थाका सचीव रवि वर्णवाल, कोषाध्यक्ष आशा देवी, सदस्य अंगद शर्मा, राजेश साह, दिपेन्द्र साह अभिनाश गुप्ता, धिरज साह, मनिस श्रीवास्तव, उतम कुशवाहा, रोहन सिंह, अर्जुन सरार्फ, अनिल साह, राजु सरार्फ लगायतकाले सहयोग गरिरहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]