०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

सरकारले तोकेको बाहेक अरु पसल खोले फेरि लकडाउन हुने

Logo
प्रकाशित सोमबार, भाद्र २९, २०७७

ABC Sanchar
काठमाडौं सरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले व्यापार गर्ने वातावरण बनाइदिदा आदेश विपरित व्यापार, व्यवसाय सञ्चालन गरे फेरि बाध्य भएर लकडाउन गर्ने वातावरण बन्ने गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
सरकारले कोरोना संक्रमण नफैलियोस भनेर मिलाएर व्यवस्थित तरिकाले काम गर्ने वातावरण मिलाईदिएको समेत प्र.जि.अ. दाहालले स्पष्ट पार्नुभयो । सरकारको लागि आदेश मान्नु भन्दा पनि आफनो र समाजको लागि कोरोना नफैलियोस भनेर मान्न जरुरी रहेको उहाँको सुझाव छ ।
आदेश पालना गरे नगरेको विषयमा बजारमा अनुगमनको साथै रिर्पोटिङ भईरहेको समेत प्र.जि.अ. दाहालले जानकारी दिनुभयो ।
सरकारले जारी गरेका मापदण्ड अनुसार व्यापार, व्यावसाय सञ्चालन गर्न व्यापारीहरुलाई उहाँको आग्रह छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल सरकारले जारी गरेको आदेशलाई मान्दै व्यवसाय चलाएको बताउनुहुन्छ । कुनै व्यापारीले सरकारको आदेश विपरीत काम गरेको भए त्यस्ता व्यापारीलाई कारवाही गर्न अध्यक्ष कटुवालकाे प्रतिक्रिया छ ।
हामीले सरकारको आदेशको स्वागत गरेका छौ सरकारको नियम, निती विपरित काम नगरेको दावी गर्नुहुन्छ । आदेश विपरीत व्यवसाय खोल्नेलाई सरकारले अनुगमन गरेर कारवाही गर्न व्यसायी कटुवाल बताउनुहुन्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन जनस्वास्थ्यका मापदण्ड पालना गर्न जरुरी रहेको बताउनुहुन्छ । कोरोनालाई सामान्य रुपमा नलिन समेत उहाँको आग्रह छ ।
सधै भरी मान्छेलाई थुनेर राखेर समस्याको समाधान नहुने भएकोले आम नागरिक नै कोरोनाबाट कसरी बच्ने भनेर सचेत हुन अहिले आवश्यक रहेको डा. पुन बताउनुहुन्छ । व्यापार व्यवसाय संगै कोरोना संक्रमणबाट बच्ने उपाय पनि अपनाउनु पर्नेमा उहाँको जोड छ । समुदाय नै कोरोना लाग्नबाट बच्न सकिन्छ भनेर चलाख हुन पर्नेमा डा. पुन बताउनुहुन्छ ।
कुन बार कुन पसल खोल्न पाइने
नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गरी अत्यावश्यक वस्तु वा सेवा मध्ये खाद्यान्न वस्तु, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु विक्री वितरण गर्ने पसलहरु विहान ११ बजेसम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खोल्न सकिनेछ ।
काठमाडौँ उपत्यका भित्र विकास निर्माणसँग सम्बन्धित सामग्री विक्री वितरण गर्ने पसल तथा व्यवसायका साथै सोको ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउँसो २ बजे देखि बेलुका ७ बजे सम्म खोल्न पाइने भएको छ ।
टेक अवे सेवाको साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन स्वास्थ्यको मापदण्ड पालना गरी गराई दिउँसो १२ बजे देखि बेलुका ७ बजे सम्म सञ्चालन गर्न सकिनेछ । सहकारी संस्थाहरु विहान ११ बजे देखि दिउँसो ३ बजे सम्म सञ्चालन गर्न पाइनेछ । सपिङ्ग मल, फेन्सी स्टोर, कपडा, जुत्ता पसल, कस्मेटिक पसल लगायत पसलहरु स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ । भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार, र शुक्रबार मात्र खोल्न सकिनेछ ।
फर्निचर र अटोमोबाइल सम्बन्धी पसल सातामा सोमबार र बुधबार खोल्न पाइनेछ ।
फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, ईलेक्ट्रिनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु विहान ११ बजे सम्म र बेलुकी ४ बजे देखि ७ बजे सम्म खोल्न पाइनेछ ।सवारी साधन मर्मत सम्बन्धी वर्कसप विहान ८ बजे देखि बेलुकी ८ बजेम्म सञ्चालन गर्न सकिनेछ ।
उद्योग, कलकारखाना सञ्चालन गर्दा कामदारहरुको खाने बस्ने व्यवस्थाका लागि अनिवार्य रुपमा उद्योग परिसरमै क्याम्पमा राख्ने व्यवस्था सामग्री सम्बन्धित उद्योग, कलकारखाना आफैँले प्रबन्ध गर्नुपर्ने छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रोटोकल अनुसार अनलाइन कक्षा सञ्चालन गर्नसकिने कुरामा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!